Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तीन लाख बढीको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तीन लाख बढीको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०८० · 0
तीन लाख बढीको अवैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
80
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तीन लाख बढीको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न ठाउंबाट भारतबाट भन्सार छली गरी नेपाल भित्राइएका अन्दाजी रु ३ लाख ३३ हजार ८५० वरावरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार र पशु क्वारेन्टाईन कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ४ सुगरमिलबाट प्याज ६९० के.जी.प्याज बेबारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । यस्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडानं.७ अमवाबाट लु ४७ प ५८७५ न.को मोटरसाईकलमा रेडवुल २ कार्टुन, सरफ १ बोरा, मसला १ कार्टुन, मिट मसला १ कार्टुन, मच्छर धुप १ कार्टुन, चिनी ५० के.जी, प्याज ५० के.जी.मोटरसाइकल सहित सामानहरु बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रोहीणी गाउँपालिका वडा नं. ६ बोधवारबाट युपी ५३ वाई ३६२१ नं.को मोटरसाईकलमा ल्याउँदै गरेको २८ पिस बोईलर कुखुरा मोटरसाइकल सहित फेला पारी नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय बेलहियामा बुझाएको छ ।
यस्तै ईलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपलिका वडा नं. ६ शिवपुर गोनाहाबाट लु ३ प ९३८७ न को मोटरसाइकलमा ४६ पिस बोईलर कुखुरा ल्याउंदै गरेको अवस्थामा मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय कदमहवाबाट खटिएको प्रहरी टोलीले कोटहीमाइ गाउँपालिका वडा नं. ४ बाट भारतबाट अबैध रुपमा ल्याउदै गरेको लेडिज चप्पल २०६ जोर, जेन्स चप्पल १९ जोर र बच्चाको चप्पल ६० जोर गरी जम्मा २८५ जोर चप्पल बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । यस्तै प्रहरी चौकी दुबेथुमुवाबाट खटिएको प्रहरी टोलीले सम्मरीमाई गाउँपालिका वडा नं. ५ तरैनीबाट लेडिज कुर्ता १८ थान र पर्दा ११ थान कपडा बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

≪ Previous Post

एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि २०१४ विश्वकप लिजेन्ड्सलाई

Next Post ≫

लुम्बिनी बौद्ध विश्वविद्यालयले देवदहमा एक खर्बको परियोजना सञ्चालन गर्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क