Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुने

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०८० · 0
बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी हुने
60
SHARES
ShareTweet

बुटवल । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुटवलमा लुम्बिनी प्रदेशस्तरीय ललित कला प्रदर्शनी आयोजना हुने भएको छ । ललितकला प्रदर्शनी मँगलबारदेखि रुपन्देही उद्योग संघको हलमा आयोजना गरिने छ ।

आयोजकका अनुसार प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रादेशिक ललितकला प्रदर्शनी २०८० का लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

ललितकला प्रदर्शनीबारे जानकारी गराउन आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलती लालकाजी लामाले पहिलो पटक काठमाडौं उपत्यका बाहिर यस प्रकारका कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । देशका ७ वटै प्रदेशमा आयोजना गरिने प्रदर्शनीबाट उत्कृष्ट कलाको छनोट गरी नगद पुरस्कारसहित सम्मान गरिने लामाले जानकारी गराउनु भयो ।

‘सामाजिक रुपान्तरण, ललितकलाको अभियान’–भन्ने मूल नाराकासाथ यही फागुन २२ गतेदेखि २६ गतेसम्म आयोजना गरिने प्रदर्शनीमा विभिन्न शैक्षिक संस्थाका विद्यार्थी तथा सर्वसाधरणहरुले समेत अवलोकन गर्ने आयोजकले जनाएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख एवम् लुम्बिनी प्रदेश प्रादेशिक प्रदर्शनीका संयोजक प्राज्ञ दिनेश महतोका अनुसार लुकेर बसेका कला साहित्य र संस्कृतिको खोजी तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ चित्रकला, हस्तकला, लोककला मूर्तिकला, वास्तुकला जस्ता विधालाई समेट्ने प्रयत्न गरिएको हो । प्रदर्शनीका लागि लुम्बिनी प्रदेका १२ वटै जिल्लाबाट हालसम्म १२४ जना कलाकारहरुका २ सय बढी कलाकृति सहभागी हुने निश्चित भएको महतोले जानकारी गराउनु भयो ।

प्रदर्शनी पश्चात छनोट भएका प्रतियोगी कलाकृत्तिहरुलाई राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गराइने महतोले जानकारी दिए । विभिन्न विधाहरुमध्ये प्रदेशमा उत्कृष्ट कलालाई नगद ५० हजार पुररस्कार राशीले सम्मान गर्ने कार्यक्रम रहेको छ । यसैगरी चित्रकला विधामा परम्परागत चित्रकला र समसायिक चित्रकला, परम्परागत लोक मूर्तिकला, आधुनिक मूर्तिकला, शिल्पकला हस्तकला, लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधाका विजेतालाई नगद ३० हजार रुपैयाँका दरले सम्मान गर्ने कार्यक्रम रहेको छ । यसैगरी प्रदर्शनीमा छानिएका कलाहरुलाई २०८१ जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइने छ । उक्त प्रदर्शनीमा सहभागी कलाहरु मध्ये सर्वोत्कृष्ट बन्ने कलालाई नगद १ लाख नगद पुरस्कार राशी तथा विधागततर्फ उत्कृष्ट कलालाई ६० हजार नगद पुरस्कारले सम्मान गरिने बताइएको छ ।

प्रदर्शनीको बीचमा कवि गोष्ठी, कलाकारहरुको बीचमा कला सम्बन्धि अन्तरक्रिया र विभिन्न विद्यालयमा अध्ययनरत बालवालिका बीच चित्रकला कार्यशाला समेत आयोजना गरिने कालाकार यमबहादुर थापाले जानकारी दिनुभयो । सामाजिक रुपान्तरणसँग जोड्दै कलामा जागरण ल्याउनुका साथै रैथाने कला, सीप र ज्ञानलाई तल्लोतहसम्म पुन्याउने प्रयत्न रहने थापाले बताउनु भयो । लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रामग्राम नगरपालिकालगायतका संघ–सस्थाहरुको सहकार्यमा कला प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

≪ Previous Post

लुम्बिनी ‘क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त’ : प्रधानमन्त्री प्रचण्ड

Next Post ≫

नौ महिनामै तयार भयो रुपन्देहीमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान, खेल मैदनको उद्घाटनसंगै टी १० तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क