Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेश सरकार र सैनामैनाको सहकार्यमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रयास
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश सरकार र सैनामैनाको सहकार्यमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रयास

संसारपोस्ट संवाददाता · २० माघ २०८० · 0
प्रदेश सरकार र सैनामैनाको सहकार्यमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रयास
100
SHARES
ShareTweet

सैनामैना । लुम्बिनी प्रदेश सरकार र सैनामैना नगरपालिकाको
संयुक्त लगानीमा निर्माण हुने औद्योगिक ग्रामको आज रोज राणाका नामले परिचित उद्योग तथा यातायात ब्यबस्था मन्त्री सरोज थापाले स्थलगत संभाब्यता अवलोकन गर्नुभएको छ । नगरपालिकाले स्थापना गर्ने लक्ष राखेको औद्योगिक ग्रामको पुर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यका साथ प्रदेश सरकारले संभावनाहरुको खोजी गरिरहेको मन्त्री थापाले बताउनु भयो ।
मन्त्री थापाले रुपन्देहीको सैनामैना नगरपालिका ६ देवापारमा निर्माण हुने औद्योगिक ग्रामको संभाब्यता अवलोकन गर्ने क्रममा प्रदेश सरकारले बिभिन्न जिल्लामा औद्योगिक ग्राम स्थापना गर्ने नीति अघि सारेको उल्लेख गर्दै स्थानिय तहसँग सहकार्य गरेर प्रदेश सरकार अघि बढ्ने बताउनु भयो । प्रदेश सरकारले बिभिन्न जिल्लामा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन गरिरहेको उल्लेख गर्दै मन्त्री थापाले स्थानीय तहसँग सहकार्य गरेर जान सकिने संभावना रहेको बताउनु भयो ।
सैनामैना नगरपालिका प्रमुख फणेन्द्र शर्माले औद्योगिक क्षेत्र स्थापनाका
लागि जग्गा ब्यबस्थापन गर्ने, डिपिआर तयार गर्ने र जग्गामा तारबार गर्ने
लगाएतका कार्यहरु भैरहेको जानकारी गराउनु भयो । औद्योगिक क्षेत्र
स्थापनाका लागि आवश्यक पुर्वाधार निर्माण लगाएतका कार्यहरु गर्न प्रदेश सरकारसँग सहकार्यका लागि आवश्यक प्रकृया अघि बढाइएको उहाँले बताउनु भयो ।
कुल ३० बिगाहा क्षेत्रफलमा निर्माण हुन गैरहेको सो औद्योगिक ग्राममा ५० देखि ६० वटा साना, मझौला तथा ठुला उद्योगहरु स्थापना गर्न सकिने सैनामैना नगरपालीकाले जनाएको छ ।

कुल २० करोड रुपैयाँको लागतमा पुर्वाधार निर्माण हुने सो सैनामैनाको देवापारमा औद्योगिक क्षेत्र स्थापनाका लागि भएका प्रयासहरु सफल बनाउन सबैको सहयोग आवश्यक रहेको स्थानीयहरु बताउछन् ।

≪ Previous Post

तिलौराकोट विश्व सम्पदा सूचिमा सुचिकृतका लागि अन्तिम मनोनयन दस्तावेज पेश

Next Post ≫

एमाले उपाध्यक्ष पोखरेल र स्वामी लोकानन्दद्वारा कामाख्या मन्दिर दर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क