बुटवल । लुम्बिनी प्रदेश सरकारले यही माघ २१ गते आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिने नर्ण प्रदेश सरकारले गरेको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विशेष कार्यक्रम गरि स्थापना दिवस मनाउने प्रदेश सरकारले तयारी गरेको छ ।
२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवस मानेर प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो ।