Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राममणिमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राममणिमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम

संसारपोस्ट संवाददाता · १४ माघ २०८० · 0
राममणिमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम
60
SHARES
ShareTweet

मणिग्राम । व्यवस्थापन संकाय सहित अन्य संकायका विद्यार्थीहरूले प्राध्यापक वा शिक्षक बन्ने लक्ष्य लिँदा पनि अन्तर्राष्ट्रिय गरिमायुक्त वृत्ति (करियर) बन्नसक्ने त्रिभुवन विश्वविद्यालयका सहायक डीन प्राध्यापक डाक्टर दिलीप पराजुलीले बताउनुभएको छ ।
रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा स्नातकोत्तर तह अन्तर्गत एम.बी.एस.का विद्यार्थीका लागि आयोजित पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. पराजुलीले नेपालमै भविष्य प्रशस्त भएको सम्भावनाबारे विस्तृत उल्लेख गर्दै विदेश नै जानेभएमा त्यहाँको नेतृत्व समेत लिनेगरी अघि बढ्न सुझाव दिनुभयो ।
एम.बी.एस. कार्यक संयोजक राजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले यस क्षेत्रको प्राज्ञिक सँगै आर्थिक विकाशका लागि स्नातकोत्तर तहका विद्यार्थीको गहन भूमिका रहने उल्लेख गर्नुभयो ।
उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले उत्कृष्ट एवम् गुणस्तरीय शिक्षाका लागि संस्थाले काम गर्दै आएको बताउनुभयो ।
सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेको स्वागतमा भएको कार्यक्रममा एम.वी.एस. कार्यक्रम प्रमुख राजेन्द्र थापामगर, डा. अशोक भण्डारी, नरेश भण्डारी लगायतले अभिमुखीकरण प्रशिक्षण दिनुभएको थियो ।
अभिमुखीकरण कार्यक्रममा एम.वी.एस. पहिलो सेमेष्टरका ४० जना विद्यार्थीको सहभागिता रहेको प्राध्यापक विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
कार्यक्रममा शिक्षा तथा मानविकी संकाय प्रमुख लक्ष्मण खरेल, कार्यक्रमका पूर्व प्रमुख कृष्णकुमार रेग्मी, नोवराज तिवारी, केशरचन्द्र भण्डारी, सुबोध भट्टराई, वेदप्रसाद न्यौपाने, मनोज पौडेल, विष्णुप्रसाद भुसाल, पुस्तकालय प्रमुख अम्बिका न्यौपाने लगायतले सहजिकरण गरेको  कार्यक्रममा विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।

≪ Previous Post

कप्तान खनाललाई ५० हजार दिने तिलोत्तमा नगरपालिकाको घोषणा

Next Post ≫

बुटवल उ.वा.संघमा ‘रुफ अफ द वर्ल्ड’ कार्यक्रम सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क