Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी प्रादेशिक अस्पातालमा फार्मेसी बाटिका बनाईँदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पातालमा फार्मेसी बाटिका बनाईँदै

संसारपोस्ट संवाददाता · ४ माघ २०८० · 0
लुम्बिनी प्रादेशिक अस्पातालमा फार्मेसी बाटिका बनाईँदै
60
SHARES
ShareTweet

बुटवल । नेपाल फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका (पार्क) बनाउने भएको छ । अस्पतालको प्रस्तावमा निर्माण गर्न लागिएको फार्मेसी बाटिकाको  बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
अस्पतालको प्रस्तावमा संघले ओपिडि भवनको अगाडि डेढ कट्ठामा निर्माण गर्न लागिएको पार्क निर्माणको लागि १० लाख रुपैंया लाग्ने अनुमान गरिएको छ ।

पार्कको शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले पार्क निर्माणमा नगरपालिकाको पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पार्क निर्माण गर्दा अस्पतालको सौन्दर्य, पार्कको दिगोपना र आकर्षक बनाउन सुझाव दिनुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने बताउँदै नगरप्रमुख पाण्डेयले त्यसको लागि पहिले सबै विषयमा प्यामेडिक अध्ययन गर्ने अस्पताल बनाउन प्रस्ताव ल्याउन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । सबै विषयमा प्यामेडिक अध्ययन गर्ने अस्पताल बनाउन सकियो भने न्यून आय भएका नागरिकका छोराछोरीले पढ्न सक्ने र त्यसपछि मेडिकल कलेज बनाउनको लागि कसैले पनि रोक्न नसक्ने भनाई राख्नुभयो ।
उहाँले अस्पतालमा विरामीलाई गर्ने व्यवहार तथा बोलीबचनले बिरामीको आधा रोग निको बनाउन सकिने बताउँदै अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीलाई देख्दा विरामीले विश्वास गर्ने वातावरण बनाउन पनि उहाँले आग्रह गर्नुभयो । स्वास्थ्यको क्षेत्रमा नगरपालिका संवेदनशिल रहेको बताउँदै अस्पताल सुदृढ बनाउन सबैको साथ चाहिने भएकाले सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष तथा फार्मेसी बाटिका निर्माण समितिका संयोजक जिल्ला अध्यक्ष गणेश सेढाईले अस्पताल सुधारको अभियानमा एउटा ईटा भएपनि थप्न सकियोस भनेर अस्पतालको प्रस्तावमा पार्क (बाटिका) निर्माण गर्न लागिएको बताउँदै बाटिका निर्माण अभियानमा सहयोग गर्न फर्मासिष्टहरुलाई आग्रह गर्नुभयो । उहाँका अनुसार यो अभियानमा अहिलेसम्म फर्मासिष्टबाट करिव ७ लाख रुपैंयाको प्रतिवद्धता आईसकेको जानकारी गराउनु भयो ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले अस्पतालमा बिरामीको स्वास्थ्योपचारलाई सहज बनाउन मुख्यतया सेवा सुविधा, कर्मचारीको बोली व्यवहार र त्यहाको वातावरणले प्रभाव पार्ने बताउँदै तीनवटै कुराको सुधारमा अस्पताल प्रशासनले काम गरिरहेको जानकारी गराउनु भयो । उहाँले अस्पतालमा विभिन्न स्थानमा विभन्न प्रकारका पार्कहरु निर्माण गर्न लागिएको बताउँदै निर्माण सम्पन्न भएपछि त्यसले बिरामीलाई एकप्रकारको सकारात्मक उर्जा प्रवाह गर्ने पनि विश्वास व्यक्त गर्नुभयो ।
नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले संघले जहाँ औषधि त्यहा फर्मासिष्ट भन्ने नारा अगाडि सारेको बताउँदै तीनै तहका सरकारलाई सोही अनुसार नीति लिन  आग्रह गर्नुभयो । उहाँले नेपालमा कानुनी रुपमा पनि फार्मेसी बाहेकले औषधि वितरण लगायतका गतिविधी गर्न नपाउने बताउँदै कानुनको कार्यान्वयनलाई जोड दिनुभयो ।
करिव १० लाख रुपैंया लागत अनुमान गरिएको उक्त बाटिका (पार्क) करिव तीन महिनामा निर्माण सम्पन्न हुने नेपाल फार्मेसी संघ रुपन्देहीका सचिव उदय खत्रीले जानकारी गराउनु भयो ।

≪ Previous Post

प्रधानमन्त्री कपः सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

Next Post ≫

तीन खेलाडीको अर्धशतकमा सुदूरपश्चिमको दोस्रो जित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क