Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ चिनिया बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष सुङलाई स्वागत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चिनिया बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष सुङलाई स्वागत

संसारपोस्ट संवाददाता · १ माघ २०८० · 0
चिनिया बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष सुङलाई स्वागत
60
SHARES
ShareTweet

भैरहवा । लुम्बिनी भ्रमणका लागि आएका चीनको अन्तराष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङलाई नेपाल चीन मैत्री समाज लुम्बिनीले स्वागत गरेको छ ।

सुङलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चकन्यासहित समाजले स्वागत गरेको हो । सो अवसरमा उपाध्यक्ष सुङले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउंदा निकै खुशी लागेको बताउनु भयो। उहाले आफ्नो भ्रमणले लाखौं चिनिया बौद्धमार्गीहरुलाई लुम्बिनी भ्रममणमा आउन प्रेरित गर्ने विश्वास लिएको बताउनुभयो।

नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले चिनिया नागरिक र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध विस्तारमा समाजले सक्दो योगदान गरेको जानकारी गराउनुभयो । उहाले आउंदै गरेको चिनिया नयां वर्षको राष्ट्रिय पर्वका अवसरमा हुने एक साता लामो विदामा चिनियाहरुलाई लुम्बिनी आकर्षित गर्न तीनै तहका सरकारले विशेष योजना र टुर प्याकेज बनाएर ठूलो संख्यामा पर्यटक भित्राउन सके समग्र रुपन्देहीको आर्थिक विकासमा टेवा पुग्ने औंल्याउनु भयो । सुङको स्वागतमा समाजका अध्यक्ष नारायणप्रसाद सापकोटा, सिद्धार्थनगरकी निवर्तमान उपमेयर उमा काफ्ले, संस्थाका उपाध्यक्ष डा. ऋषिराम शर्मा, केशव बेलवासे, निर्मल शर्मा सहभागी थिए ।
उपाध्यक्ष युन सुङको टोलीमा करिब ४० जना भिक्षु,भिक्षुणी सहभागी छन् ।

 

≪ Previous Post

माघीका परिकारहरु खुवाएर होटेल पौवामा माघी उत्सव

Next Post ≫

प्रधानमन्त्री कपः सुदूरपश्चिम प्रदेशको विजयी सुरुवात

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क