Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रचण्डको अभिव्यक्तिप्रति राजावादी संघसंस्थाको आपत्ति
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रचण्डको अभिव्यक्तिप्रति राजावादी संघसंस्थाको आपत्ति

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७६ · 0
प्रचण्डको अभिव्यक्तिप्रति राजावादी संघसंस्थाको आपत्ति
50
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २२ साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्वराजा ज्ञानेन्द्र शााहलाई नागार्जुन दरबारबाट निकाल्ने चेतावनी दिएको घटनाप्रति गोरक्ष राष्ट्रिय जागरण अभियान नेपाल, नागरिक संघर्ष समाज रुपन्देही लगायतका राजावादी संघ संस्थाहरुले आपत्ति जनाएका छन् ।
गोरक्ष राष्ट्रिय जागरण अभियान नेपाल र नागरिक संघर्ष समाज रुपन्देहीले बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै गोरक्ष राष्ट्रिय जागरण अभियान नेपालका राजनीतिक संयोजक रुपसिंह थापाले प्रचण्डको अभिव्यक्ति आतंकित मानसिकताको उपज भएको संज्ञा दिदै सो अभिव्यक्ति घोर आपत्तिजनक र खेदयोग्य भएको बताउनुभयो ।
राजनीतिक दलहरुको निर्णय स्विकार गरेर नागार्जुन दरबारमा बसेका पुर्व राजा ज्ञानेन्द्रलाई दरबारबाटै जनताले लखेट्ने अभिव्यक्ति दिनु दुखद भएको भन्दै उहांले प्रचण्डलाई सच्चिन सुझाव समेत दिनुभयो ।
कार्यक्रममा नागरिक संघर्ष समिति रुपन्देहीका संयोजक वजिर थापाले ज्ञानेन्द्रलाई जनताले नागार्जुन दरबारबाट लखेट्ने नभएर प्रचण्डलाई आफ्नै कार्यकर्ताले लखेट्ने दिन आउने चेतावनी दिनुभयो ।
आफ्नै पुर्व कार्यकर्ता पदम कुँवरले गालामा थप्पड हानेको र पुर्व लडाकु लेनिन बिष्टले अन्तर्राष्ट्रिय अदालतमा मुद्धा हालेको स्मरण गराउदै थापाले दरबारमा चुपचाप बसेका पुर्व राजा ज्ञानेन्द्रबिरुद्ध जथाभावि अभिव्यक्ति नदिन चेतावनी दिनुभयो ।
गोरक्ष राष्ट्रिय जागरण अभियान नेपालका राजनीतिक संयोजक रुपसिंह थापाको सभापतित्वमा भएको पत्रकार सम्मेलनको सञ्चालन नागरिक संघर्ष समितिका सह संयोजक प्रदिप सेरचनले गर्नुभएको थियो ।

≪ Previous Post

पाटी प्यालेस र होटलमा तीजका कार्यक्रम गर्न प्रशासनद्धारा रोक

Next Post ≫

सुकुम्बासी र अव्यवस्थित बसोवास समस्या दीर्घकालीन रुपमै समाधान : महासचिव पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क