Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी कर्पोरेट क्रिकेट : सेमिफाइनल समिकरण पूरा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी कर्पोरेट क्रिकेट : सेमिफाइनल समिकरण पूरा

संसारपोस्ट संवाददाता · ९ पुष २०८० · 0
लुम्बिनी कर्पोरेट क्रिकेट : सेमिफाइनल समिकरण पूरा
70
SHARES
ShareTweet

भैरहवा । लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर सोमबारदेखि दुई दिवसीय कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको पहिलो दिन भएका खेलमा समूह (क) बाट ए.के. ग्राफिक्स, भैरहवा र बैंकर्स क्लब, भैरहवा सेमिफाइल प्रवेश गरेका छन् । यस्तै, समूह (ख) बाट न्यु सिटीपी प्वाइन्ट, बुटवल र सीता मेडिकल हल, रोहिणी सेमिफाइनल पुगेका छन् । मंगलबार सेमिफाइनल र फाइनल खेल हुनेछन् ।
सिद्धार्थनगर–९, गोनहियास्थित खेलमैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बैंकर्स क्लबले उद्योग ब्यापार संगठन, रुपन्देहीलाई ३४ रनले पराजित गर्यो । निर्धारित ५ ओभरको खेलमा बैंकर्सल ९२ रन बनायो । उसका लागि धु्रव पन्थीले ३२ र सुरेन्द्र यादवले १९ रन जोडे ।
बलिङतर्फ संगठनका सचिन रोक्का र प्रियाबन्धु न्यौपानेले १–१ विकेट लिए । जवाफमा संगठन ५८ रनमै समेटियो । उसका लागि प्रियाबन्धु न्यौपानेले १९ र प्रनिल श्रेष्ठले १६ रन बनाए । बलिङमा बैंकर्सका चन्द्रिका केवटले १ विकेट लिए । बैंकर्सका धु्रव पन्थी म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, अर्को खेलमा सीता मेडिकल हलले सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघलाई ५ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सुनचाँदी व्यवसायी संघ ४.१ ओभरमा सबै विकेट गुमाउँदै २८ रनमै समेटिएको थियो । उसका लागि दीपेन्द्र लाम्गादेले सर्वाधिक १० रन जोडे । बलिङमा सीता मेडिकलका राजमन चाईले २ विकेट लिए । सामान्य लक्ष्य पछ्याएको सीताले १.४ ओभरमा लक्ष्य भेट्टाउँदै जित निकाल्यो । उसका लागि म्यान अफ द म्याच भएका राजमन चाईले नटआउट १८ रन जोडे ।
यस्तै, अर्को खेलमा लुम्बिनी प्रेस क्लबले सिद्धार्थ उद्योग बाणिज्य संघलाई ५ विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङ गरेको उद्योग बाणिज्य संघले निर्धारित खेलमा ३ विकेटको क्षतिमा ५४ रन बनायो । उसका लागि अप्रित अग्रवालले सर्वाधिक २१ रन बनाए । बलिङमा लुम्बिनी प्रेस क्लबका जयकेश हरिजन र राधेश्याम विश्वकर्माले समान १–१ विकेट लिए । जवाफमा प्रेस क्लबले ३.१ ओभरमा लक्ष्य भेट्टाउँदै जित निकालयो । उसका लागि सचिन चौधरी र भुवन पाण्डेले नटआउट क्रमशः २५ र १५ रन जोडे । सचिन चौधरी म्यान अफ द म्याच भए ।
यस्तै, अर्को खेलमा ए.के. ग्राफिक्सले लुम्बिनी प्रेस क्लबलाई ३४ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको ए.के.ले निर्धारित खेलमा ९८ रन बनायो । उसका लागि हृदेश हरिजनले नटआउट ५७ र मोहम्मद रफिकले १६ रन जोडे । बलिङमा प्रेस क्लबका भुवन पाण्डेले २ र भीम भण्डारीले १ विकेट लिए । जवाफमा प्रेस क्लब १ विकेटको क्षतिमा ६४ रन मात्रै बनाउन सक्यो । उसका लागि सचिन चौधरीले नटआउट २८ र भीम भण्डारीले नटआउट १७ रन बनाए ।
यस्तै, अर्को खेलमा न्यु सिटीपी प्वाइन्टले नेपथ्य कलेजलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपथ्य ४ ओभरमा ३६ रन बनाउँदै अलआउट भयो । उसका लागि रेजल ढकालले सर्वाधिक १२ रन बनाए । बलिङमा न्यु सिटीपीका सुशील रिजालले २ विकेट लिए । जवाफमा न्यु सिटीपीले २.४ ओभरमा लक्ष्य भेट्टायो । उसका लागि श्रीधर केसी र पवन पौडेलले नटआउट क्रमशः २४ र १४ रन बनाए । न्यु सिटीपीका सुशील रिजाल म्यान अफ द म्याच भए ।
यसअघि प्रतिययोगिताको उद्घाटन गर्दै समाजसेवी एवं युवा नेता प्रज्वल बोहराले खेलले सबैको मन जोड्ने बताए । उनले पत्रकारहरुको साझा संस्था लुम्बिनी प्रेस क्लबले कर्पोरेट संस्थाहरुबीच भाइचाराको विकास गर्न गरेको प्रयास सह्रानीय रहेको जनाए । प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी, सिद्धार्थनगर–९ का वडाध्यक्ष शेषकान्त भण्डारी, कार्यक्रम संयोजक प्रकाश न्यौपाने, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, उद्योग ब्यापार संगठनका अध्यक्ष दर्पण श्रेष्ठ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा लगायतले बोल्दै कर्पोरेट संस्थाहरुबीच हुने यस्ता खेलले एकता र भातृत्वको विकास गर्ने जनाए । उनीहरुले प्रेस क्लबले समाजलाई सचेतना जगाउनुका साथै एकअर्काबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्न योगदान गरेको बताए ।
पुस १० गते मंगलबार प्रतियोगितामा सेमिफाइनल र फाइनल खेल हुने छन् । प्रतियोगिताको विजेता टिमले २५ हजार र उपविजेताले १३ हजार तथा ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिज, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ३ हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने क्लबका कोषाध्यक्ष राधेश्याम विश्वकर्माले जानकारी दिए ।

≪ Previous Post

तीन दलका शीर्ष नेताहरू प्रचण्ड, देउवा र ओली बिच भेटवार्ता

Next Post ≫

लागु औषध ब्राउनसुगर सहित दुइ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क