Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्रदेशसभामा मलखाद: तत्काल ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेशसभामा मलखाद: तत्काल ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७६ · 0
प्रदेशसभामा मलखाद: तत्काल ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण
70
SHARES
ShareTweet


संसार पोष्ट
बुटवल, २१ साउन । प्रदेश नं ५का प्रदेशसभा सदस्यहरुले बर्षा सकिन लाग्दा समेत किसानले मलखादको चरम अभाव भोग्नु परेको भन्दै तत्काल मलखादको व्यवस्था गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभाको बैठकको बिशेष समयमा बोल्ने अधिकांस प्रदेशसभा सदस्यहरुले मलखादको अभावको बिषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रदेशसभाको बैठकमा पटक÷पटक मलखादको अभावबारे आवाज उठाउदै आएपनि सरकारले सुनुवाई नगरेको भन्दै प्रदेशसभा सदस्यहरुले किसानहरुलाई तत्काल मलखादको व्यवस्थापन गर्न माग गरे ।
कृषि प्रधान मुलुकमा मलखाद र बिउ बिजनको अभावहुन दुखद भएको भन्दै उनीहरुले समस्या समाधानकालागि संघीय सरकारसँग पहल गर्नुपर्नेमा जोड दिए ।
प्रदेशसभाको मंगलबारको बैठकमा प्रदेशसभा सदस्यहरु दिनेश पन्थी, इन्द्रप्रसाद खरेल, कुलप्रसाद पोखरेल, सहसराम यादव, रुन्दावती शर्मा, भोजप्रसाद श्रेष्ठलगायतले बिशेष समयमा बोल्दै प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
प्रदेशसभाको मंगलबारको बैठकले सडक, सवारी, यातायात तथा परिवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ भने मुख्यमन्त्री शंकर पोखरेलले सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभयो । मंगलबार कै बैठकमा प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गत आर्थिक बर्षमा मन्त्रालयले गरेको कार्यप्रगतिबारे सदनलाई जानकारी गराउनुभएको थियो ।

≪ Previous Post

पेट्रोलियम पदार्थको मूल्य समायोजन : ग्यास घट्यो, पेट्रोल बढ्यो

Next Post ≫

पाटी प्यालेस र होटलमा तीजका कार्यक्रम गर्न प्रशासनद्धारा रोक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क