Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा मेलामा कृषिमा दर्शकको आकर्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा मेलामा कृषिमा दर्शकको आकर्षण

संसारपोस्ट संवाददाता · २ मंसिर २०८० · 0
तिलोत्तमा मेलामा कृषिमा दर्शकको आकर्षण
50
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा शुक्रबारदेखि ‘तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८०’ चलिरहेको छ।
महोत्सवमा कृषिका स्टलहरुमा आकर्षण बढेको छ । मेला सचिवालय साईडमा माछाका ठुला २ पोखरी बनेका छन् । जसमा १० देखि १५ केजि सम्मका माछाहरु हेर्न दर्शकहरु आइरहेका छन् । रुपन्देहीको सियारी गाउँपालिका ५ छपिया बनघुसरीमा रहेको जलदेबी मत्स्य उत्पादक सहकारी सस्थाले ल्याएका माछाहरु हेर्नको लागि महोत्सव स्टल पुग्ने गरेका छन् ।
प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ रुपन्देहीको प्रवर्द्धनमा सञ्चालित जलदेबी मत्स्य उत्पादक सहकारी सस्थाले ल्याएका तथा मन्डल मत्स्य ह्याचरी फार्म तिलोत्तमा १३ पथ्थरडाडाले ब्यवस्थापन गरेका माछाहरुमा दर्शकको संख्या धेरै रहेको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणानिधी भन्डारी (माधव)ले बताए। चाडपर्व पछिको पहिलो शनिबार भएकोले पनि दर्शकको संख्या पनि उत्साहजनक रहेको उनले बताए ।
सबल अर्थतन्त्रको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलामा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए।

रहु, ग्रास कार्प र बिगहेड जातका १५ केजी सम्मका माउ माछाहरु प्रदर्शनीमा राखिएको सहकारीका कार्यसमिति सदस्य केशबराज पोख्रेलले जानकारी दिए। मेलामा राखिएका माछाहरु प्रवर्धनका लागि राखिएको बताउँदै माग अनुसार फर्मबाट मेलामा राखिएको स्टलबाट माछाका परिकार बिक्री बितरण भईरहेको उनले बताए ।
भैरहवा देबदह बुटवल लगायतका मेलामा स्टल लैजाने गरेको सहकारीका ब्यवस्थापक सुरज खनालले जानकारी दिए ।
मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पान्डेले बताए ।
प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पंगेनीले जानकारी दिए ।
मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहेका छन्। मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने छन् ।
मेला सम्पन्न गर्न सरकारका विभिन्न निकायहरु, राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, संचारकर्मी, समाजसेवी एवं आमनागरिकहरुको पूणर् साथ र सहयोग प्राप्त हुनेमा संघले बिश्वास लिएको संघका सदस्य सुर्य न्यौपानेले बताए ।
शनिबार खेम सेन्चुरी, विष्णु जी पाण्डे माईला बा, लक्ष्मी बस्नेत, नारायाण बिपि परियार, सकुन्तला गैरे लगायतका कलाकारले मनोरञ्जन दिलाएका छन् । भने आईतबा हेमन्त शर्मा, दिपक दर्लामी, रेनु राना मगर, निर्मला गुरुङ, लालमाया थापा, घनश्याम रिजाल लगायतका कलाकारको प्रस्तुती रहने सास्कृतिक समिति संयोजक धन बहादुर गुरुङले जानकारी गराए ।

≪ Previous Post

तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक महोत्सव शुरु : दु:ख गरेर ल्याएको संविधान कार्यान्वयन गर्न सकिएन : डा. चन्द्र भण्डारी 

Next Post ≫

केबलकारलाई ढुवानी र यातायातको माध्यम बनाऔं : कुलमान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क