Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अनाथ आश्रमको महायज्ञलाई सहयोग गर्न मेयर खांणको आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अनाथ आश्रमको महायज्ञलाई सहयोग गर्न मेयर खांणको आग्रह

संसारपोस्ट संवाददाता · १ मंसिर २०८० · 0
अनाथ आश्रमको महायज्ञलाई सहयोग गर्न मेयर खांणको आग्रह
80
SHARES
ShareTweet

तिलोत्तमा । तिलोत्तमा ६ स्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमको अक्षयकोष बृद्धि गर्न श्रीमद भागवत धनधान्याञ्चल महायज्ञ शुरु भएको छ ।
महायज्ञ उद्घाटन गर्दै तिलोत्तमाका मेयर रामकृष्ण खांणले आश्रम स्थापना गरी अनाथ असहाय बालबालिकालाई पालन पोषण र शिक्षा दिक्षा दिनु सबैभन्दा ठूलो मानवीय धर्म भएको भन्दै नगरपालिकाले आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो। उहाले व्यक्तिगत रुपमा २५ हजार रुपैयां सहयोग घोषणा गर्नुभयो । उहाले यो महायज्ञ सिंगो तिलोत्तमा नगरपालिकाको महायज्ञ भएको भन्दै १७ वटै वडाका वडाध्यक्ष र नगरवासीले सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो ।
समाजसेवी रोमणिप्रसाद पाठकले मानव सेवामा मैनादेबीको समर्पण र दुःखको जति प्रसंशा गरेपनि कम हुने भन्दै साथ दिन आग्रह गर्नुभयो ।
आश्रम सञ्चालनको खर्च जुटाउन अक्षयकोषलाई एक करोड पु¥याउन महायज्ञ गर्न लागिएको आश्रमकी सञ्चालक मैनादेवीले बताउनुभयो । हाल अक्षयकोषमा ५२ लाख रुपैयां संकलन भएको तर यसको ब्याजबाट आउने मासिक ४२ हजार रकमले १२ जना बालबालिकालाई खाना, खाजा, कपडा, स्टेशनरी लगायत सामान किन्न रकम अपुग भएकाले अक्षयकोषको रकम एक करोड पु¥याउने लक्ष्य सहित पाचौं महायज्ञ सञ्चालन गर्न लागेको मैनादेवीले बताउनुभयो । १२ जना बालबालिकाको पालनपोषण र शिक्षा दिक्षा सहित २ जना कर्मचारीलाई तलब दिन महिनामा कम्तीमा एक लाख रुपैयां खर्च हुने र त्यसका लागि अक्षयकोष एक करोड पुग्नुपर्ने उहाको भनाई छ । आर्थिक स्रोतको अभावमा काम गर्ने कर्मचारी राख्न नसक्दा ६२ वर्षिय मैनादेवी र उनको परिवारका अधिकांश सदस्य आश्रममा आश्रित बालबालिकाको रेखदेख, स्याहार सुसार, उनीहरुको पालनपोषण र शिक्षा दिक्षाका लागि बिहानदेखि रातिसम्म खटेर आफै काम गरिरहेका छन् । अहिले आश्रममा १२ जना बालक छन् । उनीहरुले तिलोत्तमाकै शान्ति नमूना माविमा पढिरहेका छन् । मंसिर ८ गतेसम्म चल्ने महायज्ञमा प्रेमसुजन शाष्त्री प्रमुख कथावाचक र निशान्त अधिकारी उपवाचक सहित ११ जना पण्डितहरुले संगीतमय कथा वाचन गर्ने तथा ७ जना कलाकारको टोलीले झांकी र लिला सहित गीत र नृत्यमार्फत भक्तजनहरुलाई मनोरन्जन दिलाउने छन् । महायज्ञ सम्पन्न गर्न सनातनी युवा मञ्च तिलोत्तमाले आश्रमसंग सहकार्य गरेको छ । महायज्ञमा रात्रीकालिन झांकी र नृत्य विशेष आकर्षक बनाउने तयारी भएको मैनादेवीको भनाई छ ।

≪ Previous Post

तिलोत्तमा  मेलाको तयारी अन्तिम चरणमा,  भोलि नेता चन्द्र भण्डारीले  उद्घाटन गर्ने

Next Post ≫

तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक महोत्सव शुरु : दु:ख गरेर ल्याएको संविधान कार्यान्वयन गर्न सकिएन : डा. चन्द्र भण्डारी 

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क