बाँके । बाँके जिल्लामा आज मध्यरातसम्म मदिराजन्य पदार्थ किनबेच र उपभोगमा रोक लगाइएको छ । आज स्थानीय घाट, तलाउमा देवीको मूर्ति बिसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले बुधबार मदिरा किनबेच र उपभोगमा रोक लगाएको हो ।
‘यही मिति २०८० कात्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड र नदी घाटहरूमा विसर्जन ¥याली सञ्चालन गरिने परम्परा रहेको सबैमा बिदितै छ ।
दिनभर भक्तजनहरूले श्रद्धापूर्वक दुर्गा मूर्ति विसर्जन ¥याली सञ्चालन गर्ने भएकोले मूर्ति विसर्जन ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित रूपमा सम्पन्न हुने वातावरण निर्माणमा सहयोग पु¥याउन उक्त एक दिन यस जिल्लाभरि बिहान ८ देखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपोसार, बिक्रीवितरण तथा उपभोगलाइ निषेध गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भनेको छ ।
जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाइ ध्यानमा राखी सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयको भनाइ छ । सूचनाको बर्खिलाप गरी कुनै कार्य वा गतिविधि भएको पाइएमा प्रचलित कानून वमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।