Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ मंगोलियाविरुद्ध नेपालको शानदार जीत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मंगोलियाविरुद्ध नेपालको शानदार जीत

संसारपोस्ट संवाददाता · १० आश्विन २०८० · 0
मंगोलियाविरुद्ध नेपालको शानदार जीत
40
SHARES
ShareTweet

काठमाडौं । चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विशाल अन्तरको जीत हात पारेको छ ।​

मंगोलियासँग भएको खेलमा नेपालले २ सय ७३ रनको विशाल अन्तरले जीत हात पारेको हो । ३१५ रनको विशाल लक्ष्य सहित मैदानमा आएको मंगोलियाले १३ दशमलव १ ओभरमै अल आउट हुँदा मात्र ४१ रन बनाउन सक्यो ।

उसले २३ रन अतिरिक्त पाएको थियो । मंगोलियाका जयन्नसुरेन देवासुरेनको १० रन नै सर्वाधिक रह्यो । उसका अन्य कुनै ब्याटरले दोहोरो अंक बनाउन सकेनन् । पाँच खेलाडी शून्यमा पेभिलियन फर्किएका छन ्।

नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको नाममा समान एक एक विकेट रह्यो ।

यस अघि टस हारेको नेपालले युवा ब्याटर कुशल मल्लको शतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धसतक प्रेरित नेपालले मंगोलियालाई तीन सय १५ रनको लक्ष्य दिएको थियो । नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै तीन सय १४ रन बनाएको थियो ।

यो टी–२० आई इतिहासकै उच्च योगफल हो । यसअघि अफगानिस्तानले आयरल्यान्ड र चेक रिपब्लिकनले टर्कीविरुद्ध समान २ सय ७८ रन बनाएका थिए ।

नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ र आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा आउट भए । कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरीले ९ बलमा ८ छक्कासहित ५२ रनको अविजित योगदान दिए । दीपेन्द्र सबै भन्दा छिटो अर्थशतक बनाउने खेलाडी बने । ​ दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन् ।

कुशलले ३४ बलमै शतक पूरा गरेका थिए । योसँगै कुशल टी–२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टी–२० आईमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रम शेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए ।

कप्तान रोहित पौडेल ६१ रनमा आउट भए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो ।

१९ औँ ओभरको पहिलो बलमा रोहित आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले लगातार पाँच बलमा पाँच छक्का प्रहार गरे । २० औँ ओभरको दोस्रो बलमा पनि छक्का प्रहार गरेका उनले लगातार ६ छक्का हानेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाको नेपालविरुद्धको खेलमा खराब प्रदर्शन रह्यो । नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ । थाहा खबरबाट

 

≪ Previous Post

आज ४४औँ विश्व पर्यटन दिवस मनाइदै, लुम्बिनीमा पर्यटकलाइ स्वागत

Next Post ≫

तिलोत्तमाको जनता माविमा दुई वर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क