Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी तिब्र : नेताहरु गुटगत भेलामा ब्यस्त
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी तिब्र : नेताहरु गुटगत भेलामा ब्यस्त

संसारपोस्ट संवाददाता · १५ भाद्र २०८० · 0
एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी तिब्र : नेताहरु गुटगत भेलामा ब्यस्त
110
SHARES
ShareTweet

बुटवल । भोली देखि बुटवलमा सुरु हुने नेकपा एमाले लुम्बिनी प्रदेशको दुई दिने प्रथम अधिवेशनको तयारी तिब्र पारिएको छ ।
अधिबेशनको तयारी संगै प्रदेश समितिको अध्यक्षका आकांक्षीहरुले गुटगत गोप्य भेलाको आयोजना गरी आफ्नो पक्षमा माहोल बनाउने प्रयाश समेत गरेका छन् ।
पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलको टिमको नाममा अध्यक्षका आकांक्षीहरु वर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री हरि रिजालले गोप्य बैठक गरेका छन् ।
अध्यक्षका आकांक्षी कँडेल पक्षले रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित ड्रिम ल्यान्ड रिसोर्टमा र अर्का आकांक्षी रिजाल सहितका नेताहरूले बुटवल उपमहानगरपालिका–१४ को ढवाहास्थित आरम्भ रिसोर्टमा गोप्य भेला गरेका हुन् ।
गोप्य बैठकमा सहभागि दुबै तर्फका नेताहरुले भने गुटगत गोप्य भेला नभएर सामान्य भेटघाट मात्र भएको प्रतिक्रिया दिएका छन् ।
एमालेका एक नेताका अनुसार मणिग्रामको ड्रिम ल्यान्ड रिसोर्टमा भएको भेलाले वर्तमान अध्यक्ष रधाकृष्ण कँडेललाई अध्यक्ष बनाउन सबैखाले प्रयास गर्ने रणनीति बनाएको छ । पार्टीका पोलिटब्युरो सदस्य लीला गिरीको नेतृत्वमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराई,दधिराम न्यौपाने, प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलगायतका नेताहरू सहभागि भेलाले अध्यक्षमा कँडेललाई सकेसम्म सर्वसम्मत बनाउने र नभए निर्वाचनमा जिताउने गरी तयारीमा लाग्ने निर्णय गरेको छ ।
यस्तै पार्टी महासचिव शङ्कर पोखरेल निकट केन्द्रीय सदस्य बलराम अधिकारी, चेतनारायण आचार्य, शिवराज सुवेदी, भूमिश्वर ढकाल, पाल्पाका प्रदेश सांसद नारायणप्रसाद आचार्य, नवलपरासीका थानप्रसाद गैरे लगायतले भने रिजाललाई अध्यक्ष बनाउने गरी तयारी गरेका छन् ।
रिजालको पक्षमा खुलेर लागेका एमाले केन्द्रीय सदस्य भूमिश्वर ढकालले अधिवेशनको बेला साथीहरूसंगको सामान्य भेटघाटलाई अर्को पक्षले अनाबश्यक रुपमा केन्द्रीय नेताहरूको नाम जोडेर प्रचार गरेको आरोप लगाउनु भयो । जिल्ला अध्यक्षहरू भएको ठाउँमा सामान्य भेटघाट गर्नुलाई अन्यथा लिन नहुने उहांको भनाई छ ।
एमाले पोलिटव्युरो सदस्य दधिराम न्यौपानेले पार्टी केन्द्रको नीति प्यानल नभएर व्यक्ति व्यक्तिबीच प्रतिस्पर्धा हुने भएकाले यसलाई गुटभन्दा व्यक्ति व्यक्ति बीचको प्रतिस्पर्धा बुझ्नुपर्ने बताउनुभयो । नेता न्यौपानेले प्रदेश नेतृत्व सकेसम्म सर्वसम्मत गराउने, नभए लोकतान्त्रिक विधिअनुसार निर्वाचन अगाडि बढाउने बताउनु भयो ।
अध्यक्षका आकांक्षी राधाकृष्ण कँडेलले आफूसँग अनुभव र काम गर्न सक्ने योग्यता भएको आधारमा अध्यक्षमा तयारी गरेको बताउनु भयो । उहांले आफ्नो पक्षमा सर्वसम्मत नभए निर्वाचन हुने र त्यसबाट आएको परिणामलाई स्वीकार गर्ने बताउनु भयो ।
अध्यक्षका अर्का आकांक्षी केन्द्रीय सदस्य हरि रिजालले प्रदेश अधिबेशनमा गुट प्यानल नभएर आआफ्नो ढंगले निर्वाचनमा जाने बताउनु भयो । यो निर्वाचनमा मलाई मन पराउने नेता कार्यकर्ताले मेरो पक्षमा र कँडेललाई मन पराउनेले कँडेलको पक्षमा मत माग्ने र भोट हाल्नुहुने छ र निर्वाचन परिणामलाई सहजरुपमा स्वीकार गर्ने रिजालको प्रतिक्रिया छ ।
सबैभन्दा पहिला लुम्बिनीमा हुने एमाले प्रदेश अधिवेशनको उद्घाटन एमाले पार्टी अध्यक्ष के.पी. ओलीले गर्नुहुने छ । प्रदेश अधिबेशन बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रामनगरमा हुने छ ।

≪ Previous Post

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

Next Post ≫

कांग्रेस सभापति देउवाद्वारा पार्टीका १५ विभागमा प्रमुख मनोनित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क