Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउंछ : अर्थमन्त्री डा.महत
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउंछ : अर्थमन्त्री डा.महत

संसारपोस्ट संवाददाता · ८ श्रावण २०८० · 0
मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउंछ : अर्थमन्त्री डा.महत
90
SHARES
ShareTweet

बुटवल । अर्थमन्त्री डा.प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल अर्थतन्त्रलाई चलायमान गराउने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुंजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताउनु भयो ।
‘हिजो मात्रै नयाँ मौद्रिक नीति सार्वजनिक भएको छ । मौद्रिक नीतिले व्याजदर कम भए पछि लगानी बढ्छ । यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ ।’– अर्थमन्त्री महतले भन्नुभयो ।
सोमबार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले व्याजदर कम भएपछि लगानी बढ्ने र रोजगारीमा पनि वृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो । आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दावी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने बताउनु भयो ।
सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे महतले शर्माको अस्पतालले स्वास्स्थ्य वीमा बोर्डको वीमा रकम नपाएका कारण मनपरी बोलेको आरोप लगाउनुभयो ।
मन्त्री महतले पूँजीगत खर्च बढाउनका लागि समयमा नै ठेक्का लगाउनु पर्ने बताउनुभयो । गतवर्ष राजस्व कम उठे पनि यो वर्ष राजस्व धेरै उठ्ने उहांको दावी छ ।
नेपाली काङ्ग्रेसका प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री महतले पार्टी केन्द्रीय समितिको बैठक लाइभ गर्दा यथार्थ कुरा बाहिर आएको बताउनुभयो ।
पत्रकार सम्मेलन नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालको अध्यक्षता र सचिव कपिल ज्ञवालीको सन्चालनमा भएको थियो ।

≪ Previous Post

एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानलाई

Next Post ≫

बुटवलमा बहुतले पार्किङ भवन निर्माण गर्न नगर विकास कोषसँग लगानी सम्झौता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क