Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन भदौमा हुने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन भदौमा हुने

संसारपोस्ट संवाददाता · २० असार २०८० · 0
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन भदौमा हुने
70
SHARES
ShareTweet

दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले आगामी भदौ महिनामा प्रदेश सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको दाङको भालुवाङमा बसेको बैठकले भाद्र महिना मसान्त भित्र प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मेलनमा प्रदेश समितिका पदाधिकारी, सदस्य, प्रदेश क्षेत्रीय सभाका सभापति एवं सम्मेलन प्रतिनिधिहरू सहभागि हुने छन् ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेश सरकारलाई थप सशक्त र जनमुखी बनाउनको लागि जनभावना अनुरूप कार्यक्रम निर्माण र परिचालन गर्नको लागि सरकार र पार्टीबीच समन्वयका साथ अगाडी बढ्ने निर्णय गरेको बताउनुभयो ।
कांग्रेस लुम्बिनीले भातृ तथा शुभेच्छुक संस्थाहरूमा पदाधिकारी तथा सदस्य मनोनयन गर्दा सम्बन्धित तहका समितिको सिफारिसमा मात्र गर्न पनि केन्द्रीय समितिलाई अपिल गरेको छ ।
प्रदेश सभा क्षेत्रका क्षेत्रीय सभापतिहरूलाई पार्टीको नीति र समसामयिक राजनीतिको विषयमा प्रशिक्षण दिने निर्णय गरेको कांग्रेस लुम्बिनीले विभिन्न विभागहरूलाई पूर्णता दिँदै तल्लो इकाईसम्म पार्टीको परिचालन संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय समेत बैठकले गरेको कांग्रेस लुम्बिनीको कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिनुभयो ।

≪ Previous Post

साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड

Next Post ≫

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक हुँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क