Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल घुमेर जीवनभर आनन्द लिन श्रीलंकन नागरिकलाई व्यवसायीको आग्रह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल घुमेर जीवनभर आनन्द लिन श्रीलंकन नागरिकलाई व्यवसायीको आग्रह

संसारपोस्ट संवाददाता · १६ असार २०८० · 0
नेपाल घुमेर जीवनभर आनन्द लिन श्रीलंकन नागरिकलाई व्यवसायीको आग्रह
90
SHARES
ShareTweet

प्रकाश न्यौपाने

कोलम्बो (श्रीलंका) । नेपाल–श्रीलंकका सरकारी उच्च अधिकारी, पर्यटन व्यवसायी तथा विज्ञहरुको सहभागितामा श्रीलंकाको कोलम्बोमा नेपाल प्रबद्र्धन कार्यक्रम सम्पन्न भएको छ । बुद्ध जन्मस्थलसहित नेपालका धार्मिक तथा अन्य पर्यटकीय गन्तव्यहरुको अन्तर्राष्ट्रियस्तरमा प्रसारप्रसार गर्ने र नेपालमा पर्यटक भित्र्याउन टेवा पुर्याउने उद्देश्यले नेपाल प्रबद्र्धन कार्यक्रम गरिएको हो । अन्तर्राष्ट्रिय जगतमा लुम्बिनी र यस आसपासका क्षेत्रसँगै मुलुकका धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थलको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघ (सान) को आयोजनामा श्रीलंकका दुई सहरमा नेपाल प्रबद्र्धन कार्यक्रम भएको आयोजकले जनाएका छन् ।


२८ जुनमा क्याण्डीमा नेपाल प्रबद्र्धन कार्यक्रम गरेका व्यवसायीले १ जुन (शनिबार) कोलम्बोमा नेपाल प्रबद्र्धन र विजनेस टु विजनेस (विटुबी) कार्यक्रम गरेका हुन् । कार्यक्रमले लुम्बिनीसहित बुद्धिष्ट सर्किटको श्रीलंकामा प्रचार–प्रसार मार्फत नेपाललाई पर्यटकीय हव बनाउने सन्दर्भमा गहन छलफल भएको आयोजक संस्था होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, व्यवसायीले कार्यक्रममा आफ्नो टुर प्याकेज प्रबद्र्धन गरेका थिए भने श्रीलंकाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानका लागि पहल गर्नुका साथै लुम्बिनीबाट बौद्ध सर्किटको टूर प्याकेज बनाउन आग्रह गरेका छन् । हिमाल, पहाड र तराईको विविधताले भरिएको मुलुक विरलै पाइने जनाउँदै यो नेपालको विविधताभित्रको उत्कृष्टता भएको जनाए ।


कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल ऐतिहासिक पर्यटकीय गन्तव्य भएको जनाउँदै श्रीलंकन नागरिकलाई नेपाल घुमेर विशिष्ट अनुभव लिन आग्रह गर्नुभयो । ‘धार्मिक, साहसिक, पर्यापर्यटनका लागि नेपाल विश्वमै सर्वोत्कृष्ट मध्यको एक गन्तव्य हो, तपाईंहरुले टुर प्याकेज बनाएर नेपालका गन्तव्यहरु घुमेर आनन्द लिनुस्, नेपालमा स्वागत गर्न हामी आतुर छौं’, सचिव अधिकारीले भन्नुभयो । उहांले श्रीलंका र नेपालको सम्बन्ध दशकौंदेखिको रहेको बताउँदै यो सम्बन्धलाई अझै मजबुत बनाउँदै एकअर्का देशमा भ्रमण गरेर नयाँनयाँ अनुभव र अनुभूति लिन आह्वान गर्नुभयो ।
सचिव अधिकारीले गौतमबुद्ध विमानस्थलमा कम्तिमा हप्तामा एउटा उडान गर्न श्रीलंकन एयरलाइन्सलाई आग्रह गर्नुभयो । उहांले नेपाल एयरलाइन्सले पनि श्रीलंका उडानको तयारी गरिरहेको जनाउँदै यसले दुबै देशको पर्यटन प्रबद्र्धन र पर्यटकीय क्षेत्रको विकासमार्फत् फाइदा पुर्याउने उल्लेख गर्नुभयो । नेपाल हरेक हिसाबले आकर्षक मुलुक भएकाले अन्तर्राष्ट्रिय टुर प्याकेज बनाउँदा नेपाललाई पहिलो प्राथमिकतामा राख्न उपस्थित व्यवसायीलाई अनुरोध गर्नुभयो ।
संघका अध्यक्ष श्रेष्ठले धेरैभन्दा धेरै श्रीलंकन नागरिकलाई लुम्बिनीमा स्वागत गर्न आफूहरु आतुर रहेको जनाउनुभयो । उहांले बुद्ध जन्मस्थल भ्रमण गरेर मात्रै अन्य स्थलहरुको भ्रमण प्रारम्भ गर्न आग्रह गर्नुभयो । अध्यक्ष श्रेष्ठले जीवनभर आफ्नो भ्रमणको आनन्द लिनका लागि पहिला नेपाल घुम्नु पर्ने जनाउनुभयो । ‘नेपाल घुमेर जुन विविधतापूर्ण आनन्द लिन सकिन्छ, अन्य मुलुकमा सकिँदैन,’ उहांले भन्नुभयोे, ‘त्यसैले आफ्नो बैदेशिक भ्रमणमा पहिला नेपाललाई रोज्नुस् । तपाईंहरुको सेवा र सत्कारका लागि हामी आतुर छौं ।’


अध्यक्ष श्रेष्ठले कोलम्बो र क्याण्डी सहरमा भएको लुम्बिनीसहित नेपाल प्रबद्र्धन कार्यक्रमले श्रीलंकाका पर्यटक नेपाल भ्रमणमा अत्यधिक आउने विश्वास व्यक्त गर्नुभयो । उहांले श्रीलंकन पर्यटकले नेपाल–भारत सीमानाका सुनौली–बेलहियामा समस्या झेलिरहेकोे गुनासो अत्यधिक गरेको जनाउँदै नेपाल सरकारले त्यसलाई समाधान गर्न पहल गर्नुपर्ने जनाउनुभयो । उहांले श्रीलंकन व्यवसायी र एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलमा सिधा उडान भर्न आग्रहसमेत गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका प्रबन्धक सुमन घिमिरेले मुलुकको पर्यटकीयस्थलका बारे जानकारी दिँदै नेपाल आएर आनन्द लिन अनुरोध गर्नुभयो । उहांले नेपाल बहुआयामिक पर्यटकीय गन्तव्य भएको जनाउँदै एकपटक नेपाल आएर आफ्नो अनुभव संगाल्न श्रीलंकनहरुलाई अपिल गर्नुभयो । अध्यक्ष श्रेष्ठले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र पूर्ववतः अवस्थामा फर्किएको, होटल र पूर्वाधार पर्याप्त रहेको, कनेक्टिभिटी बढेको, श्रीलंकाका पर्यटकलाई स्वागत गर्न आफूहरु आतुर रहेको जानकारी गराउनुभयो ।
श्रीलंकाका ओभर्सिज बुद्धिष्ट टुर अर्गनाइजेसन एशोसिएसनका सचिव महेन्द्र हलोलुवाले नेपाल जान धेरै श्रीलंकनहरु इच्छुक रहेको जनाउनु भयो । उहांले नेपाल उत्कृष्ट र सुन्दर पर्यटकीय मुलुक भएको जनाउँदै आफूहरुले टूर प्याकेज बनाउँदा नेपाललाई पहिलो प्राथमिकतामा राखेर अघि बढीरहेको जनाउनुभयो । ‘आउँदा दिनमा हामीले पहिलो नम्बरमा नेपाललाई राखेर टूर प्याकेज बनाउँछौं, सुन्दर र भगवान बुद्धको देश नेपाल घुम्न हामी श्रीलंकनहरु आतुर छौं’, उहांले भन्नुभयो, ‘यसका लागि नेपाल सरकारले श्रीलंकन नागरिकलाई फ्रि भिसाको व्यवस्था गरे हामी खुशी हुनथियौं ।’ बुद्ध जन्मिएको देशमा एकपटक पाइला टेक्न श्रीलंकन जति अन्य मुलुकका नागरिक लालायित नहुने उहांको भनाई छ ।
श्रीलंकन भिक्षु उदय धम्म थेरोले धार्मिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण मुलुक नेपाल श्रीलंकन नागरिकको मनमुटुमा रहेको उल्लेख गर्नुभयो । उहांले नेपाल घुमेर आनन्द लिने सबै श्रीलंकनहरुको चाहना रहेको जनाउँदै त्यसका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान दिने जनाउनुभयो ।

श्रीलंकन लोटस टुर्स एण्ट ट्राभल्सका अध्यक्ष हर्वट विजेथुंगाले कोलम्बो र क्याण्डीमा भएको नेपाल प्रबद्र्धन कार्यक्रमले श्रीलंकन व्यवसायी र नागरिकको मन जितेको बताउनुभयो । उहांले हरेक व्यक्तिको मनमस्तिष्कमा नेपालप्रतिको अगाध मायाप्रेम रहेको जनाउँदै आफूहरुले धेरैभन्दा धेरै श्रीलंकनलाई नेपाल भ्रमणका लागि अनुरोध गर्ने जनाउनुभयो ।
श्रीलंकन एयरलाइन्सका नेपाल प्रमुख निलिना पाथेरानाले आफूहरुको चाहना नेपालको पर्यटकीय सहरहरुमा उडान भर्ने रहे पनि विभिन्न कारणले ढिलाई भएको बताउँदै आउँदा दिनमा काठमाडौंसँगै, भैरहवा र पोखरा उडान भर्न पहल गर्ने बताउनुभयो ।
नेपाली राजदुतावास कोलम्बोका द्घितीय सचिव विश्वास भट्टले यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने भन्दै नेपाली दुतावासमार्फत् धेरै भन्दा धेरै श्रीलंकनहरुलाई नेपाल भ्रमणका लागि आफूहरुले आह्वान गर्दै आएको बताउनुभयो ।
होटल संघका उपाध्यक्ष किशोर जोशीले नेपाल ऐतिहासिक पर्यटकीय मुलुक भएकाले नेपाल घुमेर शान्ति, अहिंसा र सुख प्राप्त गर्न आग्रह गर्नुभयो । उहांले श्रीलंकाका दुई सहरमा भएका यी कार्यक्रमले नेपालमा पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्नुभयो ।


नेपाल प्रबद्र्धन कार्यक्रममा नेपालका सरकारी अधिकारीसहित होटल संघ तथा ट्राभल व्यवसायी गरी १८ जना व्यवसायी सहभागी थिए । यस्तै, श्रीलंकाका १ सय ५० बढी ट्राभल तथा टुर अपरेटर र होटल व्यवसायी सहभागी थिए ।
कार्यक्रममा बुद्ध जन्मस्थल लुम्म्बिनी, तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, कुदान लगायत बुद्धिष्ट क्षेत्रसँग सम्बन्धित र मुलुकभरका पर्यटकीय स्थलका बारे तयार पारिएको भिडियो डकुमेन्ट्री देखाइएको थियो । यस्तै, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय र लुम्बिनीस्थित श्रीलंकन बिहारका भन्ते भिक्षु नन्द श्रीले लुम्बिनी र नेपालको पर्यटकीयस्थलबारे दिएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । नेपालको पर्यटकीय स्थलको प्रबद्र्धन गर्ने उद्देश्यले नेपाली टोली जुन २७ मा श्रीलंका आएको हो ।

≪ Previous Post

बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ ( ओम्स) नेपाल गठन

Next Post ≫

बंगलादेशलाई १–० ले हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क