Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा ठुलो परिमाणमा मोवाईल, युरिया मल र चामल बरामद
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

रुपन्देही प्रहरीद्वारा ठुलो परिमाणमा मोवाईल, युरिया मल र चामल बरामद

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८० · 0
रुपन्देही प्रहरीद्वारा ठुलो परिमाणमा मोवाईल, युरिया मल र चामल  बरामद
110
SHARES
ShareTweet

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठुलो परिमाणमा मोवाईल, युरिया मल र चामल (खाद्यान्न) बरामद गरेको छ ।

यही जेठ २३ गते राती भारतबाट नेपालतर्फ भन्सार छली अबैधरुपमा ल्याउंदै गरेको अवस्थामा बुटवल उप–महानगरपालिका वडा नं. ७ राजमार्ग चौराहामा गस्तीमा खटिएको प्रहरी टोलीले विभिन्न ब्राण्डका ३७ थान मोबाईल बरामद गरेको छ ।
आइफोन मोवाईल थान २, रेडमी मोवाइल थान १५, सामसुङ मोवाइल थान ८, ओप्पो मोवाइल थान ४, टेक्नो मोवाइल थान १, इन्फिनिक्स मोवाइल थान १, पोको मोवाइल थान १, नोकिया लेनेभो मोवाइल थान २ र मोटो भिभो मोवाइल थान २ बरामद गरिएको प्रहरीले जनाएको छ ।
८ लाख ३० हजार मूल्य बराबरका मोवाइलहरु वेवारिसे अवस्थामा फेला पारी स्थानीय मानिसहरुको रोहवरमा वरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय वेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले भन्सार छली अवैधरुपमा भारतबाट नेपाल तर्फ ल्याई सडक किनारामा लुकाई छिपाई राखेको अवस्थामा ५० किलो तौलका ३४० बोरा युरिया र ६४ बोरा चामल बरामद गरेको छ ।
४ लाख ३२ हजार मूल्य बराबरको युरिया र चामल लुम्बिनी साँस्कृतिक नगरपालिका ३ खुनगाईबाट स्थानीय मानिसहरुको रोहवरमा वरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय वेलहियामा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

≪ Previous Post

बुटवलमा लुम्बिनी केबलकारको उद्घाटन, अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे  पुनर्विचार गर्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड

Next Post ≫

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुंदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क