Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ समबेदना प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड भुसाल निवासमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समबेदना प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड भुसाल निवासमा

संसारपोस्ट संवाददाता · २५ जेष्ठ २०८० · 0
समबेदना प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड भुसाल निवासमा
70
SHARES
ShareTweet

भैरहवा  । पितृशोकमा पर्नुभएका नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको परिवारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उहाको घरमा पुगेर समवेदना व्यक्त गर्नुभएको छ ।  बिहीबार भुसाल निवास रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ स्थित मणिग्राममा पुगेर प्रधानमन्त्री दाहालले भुसाल परिवारलाई समवेदन व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले भुसालका पिता स्वर्गीय जगन्नाथ भुसालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्नुभएको हो । उहाले  शोकलाई शक्तिमा बदल्न अनुरोध गर्नुभयो । जन्मपछि मृत्यु स्वभाविक रहेको जनाउँदै उहाले मृत्यु संस्कारलाई सबैले स्वीकार्नुको विकल्प नरहेको बताउनु भयो । आफ्नो अभिभावक गुमाउँद दुःख पीडा हुने तर प्रकृतिको नियम मान्नै पर्ने उल्लेख गर्नुभयो ।

भुसाल निवासमा समवेदना प्रकट गर्न प्रधानमन्त्री दाहालसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, परराष्ट्रमन्त्री एनपी साउद, वन तथा वातावरण मन्त्री डा.वीरेन्द्रप्रसाद महतो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, संघीय सांसद तथा पूर्वमन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्य लगायत पुग्नुभएको थियो ।

घनश्यामका पिता जगन्नाथ भुसालको निधन आइतबार भएको थियो । जगन्नाथको मृत्यु भएको पाँचौं दिनका दिन भुसाल निवासमा प्रधानमन्त्रीसहित मन्त्रीहरु समवेदना प्रकट गर्न गएका हुन् । ९७ वर्षीय स्वर्गीय जगन्नाथ भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।

≪ Previous Post

अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलका मासु पसलमा अनुगमन

Next Post ≫

बुटवलमा लुम्बिनी केबलकारको उद्घाटन, अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे  पुनर्विचार गर्न आवश्यक : प्रधानमन्त्री प्रचण्ड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क