Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रदेश सभाद्वारा बुटवलका सामाजिक संघसंस्थालाइ सम्मान
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रदेश सभाद्वारा बुटवलका सामाजिक संघसंस्थालाइ सम्मान

संसारपोस्ट संवाददाता · २२ माघ २०७९ · 0
लुम्बिनी प्रदेश सभाद्वारा बुटवलका सामाजिक संघसंस्थालाइ सम्मान
70
SHARES
ShareTweet

बुटवल । लुम्बिनी प्रदेश सभाले बुटवलका विभिन्न संघसंस्थालाई सम्मान गरेको छ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवसको अवसरमा लुम्विनी प्रदेशको अस्थायी राजधानी बुटवलमा प्रदेश सभा स्थापनाका लागि उल्लेखनीय योगदान गरेका बुटवलका सामाजिक संघसंस्थालाई प्रदेश सभाले सम्मान गरेको हो ।
शनिबार प्रदेश सभा परिषर दाङ्गको देउखुरीमा आयोजित समारोहमा प्रदेश सभा स्थापनाका लागि आफ्नो भवन सहितका पूर्बाधार उपलब्ध गराएर महत्वपुर्ण योगदान पुर्याएका पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशन, बुटवल उद्योग वाणिज्य सघं, बुटवल महिला जेसिज र मानव सेवा धर्म समितिलाई प्रदेश सभाले सम्मान गरेको हो ।
प्रदेश सभा स्थापना गर्दा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनको भवनमा एमाले संसदीय दलको कार्यालय र बुटवल उद्योग वाणिज्य संघको सभाहलमा प्रदेश सभा तथा कार्यालय भवनमा प्रदेश सभा सचिवालय सञ्चालन भएको थियो । त्यस्तै बुटवल महिला जेसिजको भवनमा पुस्तकालय, नेपाली कांग्रेस र अन्य विभिन्न पार्टीका संसदीय दलको कार्यालय तथा मानव सेवा धर्म समितिको भवनमा विषयगत समितिको कार्यालय र परिषरमा पार्किङ व्यवस्थापन गरिएको थियो ।
कार्यक्रममा लुम्विनी प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री लिला गिरी र सभामुख तुलाराम घर्ती मगरले सहयोग गर्ने संघ संस्थालाई कृतज्ञता पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । सम्मान कार्यक्रममा संस्थागत प्रतिनिधित्व गर्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियसनका कोषाध्यक्ष विशाल गैरे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु र अन्य संस्थाका प्रतिनिधिले सम्मान ग्रहण गरेका थिए ।

≪ Previous Post

शँकरनगर सामुदायिक वनमा ब्लड सुगर र कोलेस्ट्रोलको निशुल्क परीक्षण

Next Post ≫

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क