Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ साई ग्लोबल कपः न्यु होराइजन फाइनलमा, साई ग्लोबल ‘बी’ सेमिफाइनलमा
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

साई ग्लोबल कपः न्यु होराइजन फाइनलमा, साई ग्लोबल ‘बी’ सेमिफाइनलमा

संसारपोस्ट संवाददाता · १४ पुष २०७९ · 0
साई ग्लोबल कपः न्यु होराइजन फाइनलमा, साई ग्लोबल ‘बी’ सेमिफाइनलमा
100
SHARES
ShareTweet

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा विजयी हुँदै न्यु होराइजन कलेज फाइनल प्रवेश गरेको छ । न्यु होराइजनले शान्ति नमूना उच्च माविलाई एक सय रनको फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । यस्तै, बिहीबारै भएको अन्तिम क्वाटरफाइनल खेलमा जेसिज उच्च माविलाई पराजित गर्दै साई ग्लोबल एकेडेमी ‘बी’ सेमफाइनल प्रवेश गरेको छ ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरको खेलमा ३ विकेटको नोक्सानीमा १ सय ५७ रनको योगफल बनायो । उसका लागि अमर मिश्राले ६७, प्रकाश गिरीले नटआउट ४८, संकेत भट्टराईले २२ र निश्चल ज्ञवालीले १० रनको योगदान दिए । बलिङमा शान्ति नमूनाका सागर भण्डारी र जय गोदारले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको शान्ति नमूना १८ ओभर १ बलमा सबै विकेट गुमाएर ५७ रनमै समेटियो । उसका लागि कुनै ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् । निशान पाण्डेले सर्वाधिक ७ रन बनाए बनाए । बलिङमा उसलाई सस्तैमा रोक्न न्यु होराइजनका निर्मल गुरुङले ४, अमर मिश्राले ३ तथा महेश भर र प्रकाश गिरीले १–१ विकेट लिए । होराइजनका अमर मिश्रा म्यान अफ द म्याच भई पुरस्कृत भए ।


अन्तिम क्वाटरफाइनल खेलमा टस जितेर ब्याटिङ गरेको जेसिजले ७ ओभर ३ बलमा सबै विकेट गुमाएर ३३ रन बनायो । मौसमका कारण १० ओभरमा छोट्याइएको उक्त खेलमा उसका लागि निश्चल चौधरीले सर्वाधिक ९ रन बनाए । बलिङमा साई ग्लोबलका मिर्नाल गुरुङ र मोहम्मद हुसेनले समान ३–३ तथा अभिषेक कोहाँरले २ र जयप्रताप यादवले १ विकेट लिए ।
प्रतिउत्तरमा साई ग्लोबलले ३ ओभर २ बलमा १ विकेटको क्षतिमा ३४ रन बनाउँदै जित निकाल्यो र सेमिफाइनल यात्रा पक्का गर्यो । उसका लागि मिर्नाल गुरुङले २१ र इमरान खानले नटआउट १३ रन बनाए । बलिङमा जेसिजका निश्चल चौधरीले १ विकेट लिए । साई ग्लोबलका मिर्नाल गुरुङ म्यान अफ द म्याच भई पुरस्कृत भए ।
पुस १६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साईग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

≪ Previous Post

अन्तरविद्यालय क्रिकेट : सेमिफाइनल समिकरण पुरा

Next Post ≫

मौलिकता जोगाउन बुटवलमा चौथो सडक खाना महोत्सव, कोभिडले थला परेको अर्थतन्त्र चलायमान हुने विश्वास

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क