Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लैंगिक हिंसा न्यूनिकरणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

लैंगिक हिंसा न्यूनिकरणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने

संसारपोस्ट संवाददाता · २२ मंसिर २०७९ · 0
लैंगिक हिंसा न्यूनिकरणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने
70
SHARES
ShareTweet

बुटवल । बुटवलमा आयोजित एक कार्यक्रममा सहभागि सरोकारवालाहरुले लैंगिक हिंसा न्यूनिकरणका लागि सबैपक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा विहिबार बुटवलमा आयोजित लैङ्गिक हिंसा न्यूनिकरणमा मिडिया र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने धारणा राख्दै उनीहरुले मिडियाले हिंसा न्यूनिकरण हुने गरी सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारी निकाय जवाफदेही बन्दै नीति र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले लैङ्गिक बिभेदलाई न्यूनीकरण गर्न स्थानीय तह, पत्रकार र नागरिक समाज सँगसँगै मिलेर काम गर्नुपर्ने बताए । उनले हिंसा जुनसुकै क्षेत्र, जाती र लिङ्गका ब्यक्तिहरुमाथि हुने गरेका घटना आएको बताउदै यसको न्यूनीकरणका लागि सबै पक्ष र जिम्मेवार बन्न आवश्यक रहेकोमा जोड दिए । उनले समाज शिक्षित भए मात्र हिंसाका घटनामा कमी आउने भन्दै शिक्षामा जोड दिन आग्रह गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालले समाज रुपान्तरणमा मिडियाको भूमिका प्रमुख हुने बताउँदै लैंगिक हिंसा न्यूनिकरणमा पनि अहम भूमिका हुने बताईन । उनले महिलाहरुको समाचारलाई मिडियाले प्राथमिकतामा नराखेको बताउँदै त्यसो नगर्न आग्रह गरिन । बुटवल उपमहानगरले लैंगिक विभेदलाई चिर्ने गरि कार्यक्रम निर्माण गरेको उनले बताईन ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कुवँरले शुरूवातमा हिंसा भन्दासाथ महिला हिंसाको कुरा आउने गरेको भएपनि पछिल्लो समय हिंसा जुनसुकै लिङ्गमा भएपनि हिंसाका रुपमा परिभाषित भएको बताए ।

उनले जिल्ला प्रशासन कार्यालयले सेफ हाउस निर्माण लगायतका कार्यहरु गरिरहेको बताउदै लैंगिक हिंसा अन्त्यको लागि सबैको पहल गर्न आवश्यक रहेकोमा जोड दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख रबिन्द्र रेग्मीले हिंसा विरुद्धका घटनामा प्रहरीको भूमिका सकारात्मक रहेको बताए । उनले मदिरा सेवनले हिंसाका घटना बढेको बताउदै मदिराको प्रयोगमा नियन्त्रणको लागि स्थानीय तहले कानुन बनाएमा ब्यवस्थापन गर्न सहज हुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष विनोद पहाडीले महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई साँच्चिकै व्यवहारिक बनाउन अघिल्लो बर्षसँग मापन गर्नुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार ईन्दिरा अर्यालले लैंगिक हिंसा न्यूनिकरणमा मिडिया र सरोकारवालाको भूमिका बिषयमा प्रस्तुति राख्दै स्वरुप बदलिएर लैंगिक हिंसा समाजमा रहेकाले यसको अन्त्यका लागि मिडियासँगै स्थानीय सरकार, प्रहरी प्रशासन, उद्योगी व्यवसायी समेत जिम्मेवार हुनुपर्ने बताईन ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देही अध्यक्ष एव फ्री मिडिया नेटवर्क रुपन्देही संयोजक रामराज पोख्रेलले हिंसा रहित समाज निर्माणका लागि समाजलाई जागरुक बनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा मानव अधिकार एलायन्सका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा, नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल, सञ्चारिका समूह रुपन्देही अध्यक्ष निरा गौतम, मानवअधिकारकर्मी रिमा बिसी, दलित महिला संघ रुपन्देही अध्यक्ष मनु खड्का, महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, सहसचिव माया केसी लगायतले बोलेका थिए ।

 

≪ Previous Post

बुटवल १३ र १७ मा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

Next Post ≫

अन्तरविद्यालय क्रिकेट : सेमिफाइनल समिकरण पुरा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क