Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मन्चद्धारा सत्यवतीका पहिरो प्रभावितलाई राहत वितरण
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मन्चद्धारा सत्यवतीका पहिरो प्रभावितलाई राहत वितरण

संसारपोस्ट संवाददाता · १६ श्रावण २०७६ · 0
मन्चद्धारा सत्यवतीका पहिरो प्रभावितलाई राहत वितरण
60
SHARES
ShareTweet


बुटवल, १६ साउन । । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट गुल्मी– रुपन्देही सम्पर्क मन्चले सत्यवती गाउपालिकाका पहिरो प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको छ । मन्चले बुधवार गुल्मी सत्यवती गाउपालिका –३ ठूलो लुम्पेक र वडा नं ४ लिम्घामा पुगेर राहत सामग्री वितरण गरेको हो ।
मन्चका सत्यवति संयोगक विष्णु प्रसाद भण्डारीले सवैभन्दा वढि भौतिक क्षेती पुगेको लुम्पेकमा १ सय २५ कट्ठा चामल, ३३ केजी दाल १ वोरा नुन, सावुन, खानेतेल लगायतका सामाग्री वितरण गरिएको जानकारी दिए । प्रदेश सभा सदस्य कमल श्रेष्ठ, दिनेश पन्थी, खड्ग केसी र मन्चका अध्यक्ष देवराज खनालले गाउ“ पालिका अध्यक्ष पारिश्वर ढकाल र वडा नं ३का अध्यक्ष रुकबहादुर रानालाई राहत सामग्री हस्तान्तरण गरे ।
कार्यक्रममा प्रदेश सांसदहरुले विस्थापितहरुको दिर्घकालिन आवश्यकताको विषयमा प्रदेश सरकारको ध्यानकर्षण र पहलकदमी लिने प्रतिवद्धता जनाएका थिए । मन्चका अध्यक्ष खनालले विस्थापित भई अस्थायी शिविरमा आश्रय लिएकाहरुको पिडामा केही सान्तवना मिलोस भनेर राहत लिएर आएको बताए ।
त्यसै गरी गाउपालिका अध्यक्ष ढकालले पहिरो गएको क्षेत्रमा वस्ती सार्न जोखिम भएकाले पुनस्थापनको लागी पहल गरिदिन प्रदेश सांसदलाई आग्रह गरेका थिए । ठूलोलुम्पेकको विभिन्न १६ स्थानमा शिविर राखिएको छ । जहा“ जोखिमा रहेका ३ सय ७ घरका १२ सय ६० जना रहेका छन । पुर्ण रुपमा क्षेती भएका (घरविहिन) १७ घर परिवार बाहेक अन्य परिवारका सदस्यहरु गोठ्ल्याई गर्न दिउसोमा घर जाने गरेका छन । राती शिविरमै वस्न आउने गरेका छन ।
त्यसैगरी सत्यवति वडा नं ४ लिम्घामा पनि मन्चले राहतको सामग्री वितरण गरेको छ । चामल २६ कट्ठा चामल, दाल १ वोरा नुन १ कठ्ठा तेल लगायतका सामग्री प्रदान गरिएको मन्चका सचिव प्रकाश भट्टराईले जानकारी दिए । वडा अध्यक्ष दानवहादुर रानालाई राहत सामग्री वितरण गरिएको थियो । विस्थापितहरुलाई सत्यवती मावि र आसपासका टेण्ट टागेर राखीएको अध्यक्ष रानाले जानकारी दिए । लिम्घामा पनि प्रदेश सभा सदस्यहरुले स्थलगत अवलोकन गरी जानकारी लिएका थिए । लिम्घामा १ सय ५० जना विस्थापित भएका छन । ३ घर पुर्ण रुपमा क्षति भएको छ भने २४ घर विस्थापित भएको वडाध्यक्ष रानाले जानकारी दिए ।

≪ Previous Post

स्तनपान सप्ताह आजदेखि सुरु

Next Post ≫

कपिलवस्तुमा समाजबादी पार्टीका नेता यादवमाथि गोली प्रहार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क