Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ श्रृङ्गेशवर धाम र ज्येष्ठ नागरिक मिलन केन्द्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जोड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

श्रृङ्गेशवर धाम र ज्येष्ठ नागरिक मिलन केन्द्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जोड

संसारपोस्ट संवाददाता · १९ भाद्र २०७९ · 0
श्रृङ्गेशवर धाम र ज्येष्ठ नागरिक मिलन केन्द्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जोड
140
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरमा संचालित ज्येष्ठ नागरिक मिलन केन्द्रको दोस्रो वार्षिक साधारण सम्पन्न भएको छ । ज्येष्ठ नागरिकलाई संरक्षण गर्ने उद्वेश्यले जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ डिङ्गरनगर स्थित श्रृंङ्गेश्वर धाम परिसरमा सञ्चालन गरिएको ज्येष्ठ नागरिक मिलन केन्द्रको शनिबार दोस्रो वािर्षक साधारण सभामा बोल्ने वक्ताले जेष्ठ नागरिक मिलन केन्द्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् । ज्येष्ठ नागरिक मिलन केन्द्रलाई दीर्घकालिन रुपमा सञ्चालनगर्न ५ करोडको अक्षयकोष स्थापना गर्ने वार्षिक साधारण सभाका सहभागिहरुले प्रतिवद्वता जनाएका छन् ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांणले सरकारले गर्न नसकेको काम स्थानीय व्यक्तित्वहरुबाट भएको भन्दै प्रशंसा गर्नुभयो । ज्येष्ठ नागरिकहरुको संरक्षणका लागि ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्वता उहांले जनाउनुभयो ।
जेष्ठ नागरिक मिलन केन्द्रको दीर्घकालिन विकास गर्नुपर्ने र त्यसकालागि स्थानीय सरकारको तर्फबाट सहकार्य गरेर तिलोत्तमा नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो । धाम तथा ज्येष्ठ नागरिक मिलन केन्द्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरेर आन्तरिक तथा वाह्य पर्यटक भित्राएर यसक्षेत्रमा आर्थिक उपार्जन गर्न जरुरी रहेको समेत प्रमुख खाँणले जोड दिनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकार कानुन मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले सामाजिकभावले स्थापना भएका संस्थाहरुले गरेका कार्यलाई सरकारले उचित सम्मान र सहयोग गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रका प्रमुख संरक्षक तथा गुल्मेली सम्पर्क समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्त, श्रृंङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी, गुल्मेली सम्पर्क समाजका निवर्तमान अध्यक्ष ई. हिराबहादुर भलामी, मिलन केन्द्र तथा धामका सल्लाहाकारहरु टिकाराम घिमिरे, लोकनाथ उपाध्याय, खिमानन्द भट्टराई, मिलन केन्द्रकी सदस्य ओमीपुन, केन्द्रका संस्थापक सदस्य गोपाल बहादुर पोख्रेल, श्रृङेश्वर धाम तथा केन्द्रका कोषाध्यक्ष गणेशप्रसाद न्यौपाने, केन्द्रका सदस्य गणेश कँडेल लगायतले बोल्दै ज्येष्ठ नागरिक मिलन केन्द्रलाई नमुना धार्मिक केन्द्रका रुपमा विकास गर्नुपर्ने र त्यसकालागि सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो ।
ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेको अध्यक्षता र सचिव हरिप्रसाद कँडेलको सञ्चालनमा भएको उक्त वार्षिक साधारण सभाबाट संस्थाको विधान पारित भएको छ । वार्षिक साधारण सभाबाट अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पास भएको छ ।
त्यस्तै साधारण सभाले ज्येष्ठ नागरिक मिलन केन्द्रको अध्यक्षमा यदुनाथ पाण्डे र उपाध्यक्षमा ओमी पुनलाई चयन गरेको छ । श्रृङ्गेश्वर धाम परिसरमा निर्माण गरिएको ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि एक सय जना ज्येष्ठ नागरिक अट्न सक्ने क्षमता भएको साढे २ तले भवन बनाइएको छ । ७० वर्ष उमेर पुगेका तत्काल ५० जना ज्येष्ठ नागरिककालागि ज्येष्ठ नागरिक विश्राम स्थल र पार्क निर्माण गरिएको छ ।
ज्येष्ठ नागरिक मिलन केन्द्रको अक्ष्यकोषकालागि केन्द्रका संस्थापक अध्यक्ष स्वर्गीय खेम पुनकी धर्मपत्नी ओमी पुनले केन्द्रको अक्षयकोषका लागि साधारण सभाको अवसरमा १० लाख रुपैयां प्रदान गर्नुभएको छ । केन्द्रले ५ करोडको अक्षयकोष स्थापना गरी सोही कोषवाट संस्थाको खर्च व्यवस्थापन गर्ने जनाएको छ ।

≪ Previous Post

प्रेमिकाको हत्या गरी दुई बर्षदेखि फरार रहेका व्यक्ति पक्राउ

Next Post ≫

शान्ति नमुनामा अभिभावक भेला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क