Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिव्र गतिमा सवारी चलाउनेहरुलाई कार्वाही गर्न ट्राफिक प्रहरीको अभियान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिव्र गतिमा सवारी चलाउनेहरुलाई कार्वाही गर्न ट्राफिक प्रहरीको अभियान

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७९ · 0
तिव्र गतिमा सवारी चलाउनेहरुलाई कार्वाही गर्न ट्राफिक प्रहरीको अभियान
90
SHARES
ShareTweet

भैरहवा, २६ साउन । तिव्र गतिमा सवारी चलाउनेहरुलाई ट्राफिक प्रहरीले कार्वाही गर्न शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले तिव्र गतिमा सवारी चलाउनेहरुका लागि ओभर स्पिड डिटेक्सन ‘राडार गन’को माध्यमबाट कार्वाही गर्न शुरु गरेको हो ।
ट्राफिक प्रहरीले बिभिन्न बहाना गरेर जरिवानाबाट जोगिन खोज्नेहरुको लागि यो ‘राडार गन’ ले प्रमाण पनि दिने गरेको छ ।
ओभर स्पिड डिटेक्सन ‘राडार गन’ ले करिब १ किलोमिटर परबाट नै तिव्र गतिमा आउने सवारी साधनलाई पहिचान गर्छ र यसको जानकारी ट्राफिक प्रहरीलाई दिन्छ । ट्राफिक प्रहरीका अनुसार राडार गनले तिव्र गतिमा चल्ने सवारी साधनको नम्बर प्लेट सहितको फोटो खिचेर यसको गति सहितको विवरण स्टोरेज गरेको हुन्छ । जसलाई तुरुन्तै प्रिन्ट समेत गरेर प्रमाणको लागि सवारी धनीले लैजान सक्ने ब्यवस्था समेत गरिएको छ ।
सडक बिभागको मापदण्ड अनुसार राजमार्गमा अधिकतम ६० किलोमिटर प्रतिघण्टाको गतिमा सवारी साधन चलाउन पाईने नियम छ । त्यो भन्दा बढी गतिमा चल्ने सवारी साधनलाई प्रहरीले कार्यवाही अभियान चलाएको छ । जिल्लामा हुने दुर्घटना मध्ये सबै भन्दा बढी तिव्र गतिको कारण हुने भएकोले तिव्र गति नियन्त्रण गर्न ट्राफिक प्रहरीले यो अभियान चलाएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख केशव केसीले जानकारी दिए ।
जिल्लामा भएका दुर्घटनाको करिब ९० प्रतिशत दुर्घटना तिव्रगतिकै कारण भएको देखिएको र तिव्रगतिका कारण हुने दुर्घटना न्यूनिकरणका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट राडार गन माग गरिएको प्रहरी निरीक्षक केसीले बताए ।
अभियान लागु गर्नु पूर्व ट्राफिक प्रहरीले स्थानीय सञ्चारमाध्यमहरुबाट यस बारे जानकारी गराएको थियो । अहिलेलाई सचेत गराउनका लागि तिव्र गतिमा सवारी साधन चलाउने लाई ट्राफिक प्रहरी रु. ५ सय मात्र जरिवाना काट्ने गरेको छ ।
यही साउन २४ गते देखि सुरु गरिएको अभियानको पहिलो दिन ३२ जना, दोश्रो दिन ३८ जना र तेश्रो दिन आज २६ गते ४९ जनालाई तिव्रगति चलाएको कारण कार्यवाही स्वरुप जरिवाना गरिएको प्रहरी निरीक्षक केसीले जनाए । रुपन्देहीमा गत आर्थिक बर्षमा १ सय ७२ वटा दुर्घटना मध्ये १ सय ५२ वटा दुर्घटनाहरु तिव्र गतिकै कारण भएको ट्राफिक प्रहरीको तथ्यांक छ । यसले तिव्र गतिमा सवारी चालकलाई मात्र हैन अन्य चालक, पैदलयात्री लगायतलाई पनि जोखिम भएकोले तिव्रगतिमा सवारी नचलाउन प्रहरीले अपिल गरेको छ ।

≪ Previous Post

लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको ठेक्का अघि नबढाउन उच्च अदालतको आदेश

Next Post ≫

सिमानाकामा कडाई गर्न माग गर्दै भन्सारमा उवासंघको डेलिगेसन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क