Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बजेटमा लुम्बिनी प्रदेश : केही नयाँ योजना धेरै अघिल्ला योजनालाई निरन्तरता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बजेटमा लुम्बिनी प्रदेश : केही नयाँ योजना धेरै अघिल्ला योजनालाई निरन्तरता

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७९ · 0
बजेटमा लुम्बिनी प्रदेश : केही नयाँ योजना धेरै अघिल्ला योजनालाई निरन्तरता
110
SHARES
ShareTweet

बुटवल, १५ जेठ । सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशमा केही नयाँ योजना समेटिएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशमा धेरैजसो अघिल्ला योजनालाई निरन्तरता दिएको छ भने केही नयाँ योजना बजेट समेटिएका छन् ।
रुपन्देहीको भैरहवा स्थित विमानस्थल र सेजलाई आवश्यक बजेट छुट्टाएको छ । भैरहवामा संचालन भएको विशेष आर्थिक क्षेत्र सेजलाई पूर्णरुपमा संचालनमा ल्याइने छ । यस्तै भैरहवामा गौतमबुद्ध विमानस्थललाई पूर्णरुपमा संचालन गर्दै दोस्रो टर्मिनलको काम तत्काल निर्माण सुरु गरिने छ । यस्तै रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माण कार्य हुने छ । त्यसको लागि आवश्यक बजेट छुट्टयाइएको छ ।
यस्तै दाङको राप्ती राजमार्ग अन्तर्गतको अमिलिया–तुलसीपुर–सल्यानलगायतको सडक स्तरवृद्धिका लागि ३ अर्ब १२ करोड बजेट विनियोजन गरिएको छ ।
क्षेत्रीय कारागार बाँकेको भवन निर्माणका लागि बजेट छुट्टयाइएको छ । बाँकेसहित देशका १० वटा कारागारको लागि एकमुष्ट ३७ करोड बजेट छुट्याइएको छ । यस्तै रुपन्देहीको भैरहवामा एकीकृत जाँच चौकी निर्माण, बुटवल इन्टरनेट एक्सचेञ्ज केन्द्र खोल्न सम्भाव्यता अध्ययन, बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पतालसँगको समन्वयमा आयोजना अगाडि बढाइने उल्लेख छ । यस्तै.बुटवल– नारायणगढ सडक आगामी आ.ब.मा निर्माण सम्पन्न गरिने छ भने बुटवल–गोरुसिङ्गे सडक निर्माणका लागि डिपिआर निर्माण, रुपन्देहीको तिनाउ नदीमा बहुउद्देश्यीय सिग्नेचर ब्रिज निर्माणको डिपिआर बनाउने उल्लेख छ । यस्तै बुटवल– बेलहिया सडक आगामी वर्ष निर्माण सम्पन्न गरिनेछ । यस्तै बुटवल र पाल्पामा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिने उल्लेख छ । दुम्किबास–बर्दघाटको दाउन्नेमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिनेछ । बन्द रहेको बुटवल धागो कारखाना उपयुक्त ढाँचामा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
यस्तै बुटवल भैरहवामा ट्राम यातायातको सम्भावना अध्ययन गरिने, रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गर्ने उल्लेख छ । यस्तै सहरी नदी करिडोर कार्यक्रमअन्तर्गत रुपन्देहीको तिनाउ दानव नदी करिडोरमा तटबन्ध निर्माण र बस्ती संरक्षण कार्यक्रम गरिने उल्लेख छ । चितवन– रामपुर–बुटवल द्रुत मार्ग नयाँ योजनाका लागि बजेट व्यवस्था गरिएको छ ।

≪ Previous Post

स्थानीयतहमा नयाँ जनप्रतिनिधिहरुले सिफारिश गर्ने अधिकार र कागजातहरू

Next Post ≫

गुल्मीदरबारमा काँग्रेसबाट निर्वाचितलाई सम्मान :जनताले वाहवाही गर्ने बजेट ल्याउन सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क