Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ चितवनमा विभिन्न अपराधकर्ममा संलग्न ८ जना पक्राउ
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

चितवनमा विभिन्न अपराधकर्ममा संलग्न ८ जना पक्राउ

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0
चितवनमा विभिन्न अपराधकर्ममा संलग्न ८ जना पक्राउ
70
SHARES
ShareTweet


संसार पोष्ट
चितवन, १३ साउन । जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनले विभिन्न अपराधकर्ममा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान कारवाही अगाडि बढाएको छ ।
प्रहरीले लागु औषध कसुरमा अनुसन्धानका लागि थुनामा रहेका ब्यक्तिको मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । लागू औषध (खैरो हेरोईन) १० ग्राम ३६० मिलिग्राम सहित पक्राउ परेका चितवन भरतपुर महानगरपालिका वडा नं.४ बस्ने सन्तोष सिकारी समेतका व्यक्तिहरूलाई छुटाई दिन्छु भनि सिकारीको श्रीमती सँग रू. ५ लाख ५० हजार नगद र १० तोला सुन समेत गरी जम्मा रू.८ लाख ठगी गर्ने जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१० बस्ने बर्ष २३ को सागर क्षेत्री र सोहि ठाउं बस्ने बर्ष ३४ को दिपेन्द्र पण्डितलाई प्रहरीले भरतपुरको लायन्सचोक बाट आईतबार पक्राउ गरेको हो । निजहरू उपर ठगी कसूरमा चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद लिई अनुसन्धान कार्य भई रहेको चितवन प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीले कर्तव्य ज्यान मुद्धामा सँलग्न दुई जनालाई पक्राउ गरेको छ । यही साउन ११ गते चितवन रत्ननगर नगरपालिका वडा नं.६ सौराहा स्थित रेन फोरेष्ट होटेलमा कोठा बुक गरी बसेका काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका वडा नं.४ बस्ने बर्ष ३९ कि गिता गुरूङ, र बर्ष १७ को पर्वत गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गोरखा घर भई हाल काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका वडा नं.४ बस्ने बर्ष ४८ को छन्द बहादुर थापा र पर्वत गुरूङ उक्त होटलको स्वीमिङ पुलमा पौडी खेलेको र थापा स्वीमिङ पुलमा अचेत अवस्थामा फेला परी उपचारको लागि अस्पतालमा लैजाँदा मृत्यु भएको घटनामा गिता गुरूङ र पर्वत गुरूङको सम्लग्नता रहेको भनि मृतकको आफन्तबाट किटानी जाहेरी पर्न आएकाले उनीहरुलाई प्रहरीले आईतवार सौराहाबाट पक्राउ गरेको हो ।
यस्तै प्रहरीले रातको समयमा चोरी गर्ने दुई जनालाई समेत पक्राउ गरी चोरी उद्योग मुद्दामा अनुसन्धान गरिरहेको छ ।
चोरी गर्ने उद्देश्यका साथ फलामको सलाई रेन्च, पेचकस, ताल्चा र साईकलको स्ट्याण्ड डण्डी समेत साथमा लिई आईतबार राती १ बजे नारायणगढ पुल्चोक क्षेत्रमा हिडिरहेका धादिङ चैनपुर गाउँपालिका वडा नं.७ स्थाई घर भई हाल जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पुर्व) गैंडाकोट बस्ने बर्ष २३ को बुबेश वागदास र प्युठान झिमरूक गाउँपालिका वडा नं.२ घर भई गैंडाकोट बस्ने बर्ष २३ को बिजय के.सी.लाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी चितवन प्रहरीले बहु बिबाह कसूरमा दुई जनालाई पक्राउ गरेको छ । धादिङ गल्छि गाउँपालिका वडा नं.७ घर भई हाल चितवन खैरहनी नगरपालिका वडा नं.२ सिमलघारी बस्ने बर्ष २५ को ईशान वि.क.ले घरमा जेठी श्रीमती हुँदा हुँदै सोहि ठाउंकी बर्ष २२ कि सिता भुजेललाई दोश्रो बिबाह गरी घरमा भित्र्याएको भनी निजकी जेठी श्रीमतीले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले विक र निजकी कान्छी श्रीमती भुजेललाई प्रहरीले आईतबार पक्राउ गरेको हो । उनीहरु उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा १७१ अन्तर्गत बहु बिबाह मुद्धामा अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो ।

≪ Previous Post

पार्कलाई ग्रीन वेल्टको रुपमा विकास गर्न रोटरी क्लबद्धारा वृक्षारोपण

Next Post ≫

बोलबम आएका भक्तजनको मन्दिरमा मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क