संसार पोष्ट
नवलपरासी, १३ साउन । साउने सोमबारको दिन नवलपरासीको त्रिवेणीमा बोलबम आएका एक जना भक्तजनको त्रिवेणीको शिवालय मन्दिरमा निधन भएको छ ।
रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने ८० बर्षका रामचन्द्र चौधरी थारुको नवलपरासीको त्रिवेणी गाउँपालिका ६ त्रिवेणीमा रहेको शिवालयमन्दिरमा आईतबारराति निधन भएको हो ।
थकाई लागेर आराम गर्न मन्दिरमा बसेका चौधरीको अकस्मात मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।
