बुटवल, ११ वैशाख । बुटवल उपमहागनरपालिका वार्ड ९ का नवनिर्वाचित जनप्रतिनिधिहरुले विपन्न ब्यक्तिलाई सहयोग गरेका छन् । उनीहरुले आफ्नो खर्चबाट विपन्न ब्यक्तिको स्वास्थ्य बिमा र विद्यार्थीलाई अध्ययनको लागि नगद प्रदान गरेका छन् ।
बुटवलको इटाभट्टी बस्ने दिलिप सिंहको स्वास्थ्य बिमा गरिदिएका छन् भने बुटवल ९ मिलनचोक गुराँस पथ बस्ने विपन्न विद्यार्थीलाई १० हजार नगद सहयोग गरेका छन् । कालिका मावि बुटवलमा पढ्ने विद्यार्थी कुसुम क्षेत्रीलाई वार्ड अध्यक्ष प्रदिप कुमार श्रेष्ठले नगद १० हजार रुपैयाँ अध्ययन खर्चको लागि सहयोग प्रदान गरेका हुन् ।
सो अवसरमा वार्डमा नवनिर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । पहिलो काम स्वास्थ्य शिक्षाबाट सुरुवात गर्ने उद्देस्यले क्षेत्री र सिँहलाई सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए । यस्तै वार्डलाई भष्ट्राचारमुक्त बनाउनको लागि विभिन्न होर्डिङ्ग वोर्ड लेख्ने तयारी भएको वार्ड सदस्य भरत पुरीले बताए ।