Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेयको विजयी
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेयको विजयी

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०७९ · 0
बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेयको विजयी
60
SHARES
ShareTweet

एमालेले आफ्नो ‘लालकिल्ला’ दाबी गर्दै आएको बुटवलमा कांग्रेसको जितले कांग्रेस नेता कार्यकर्ता खुसी
बुटवल, ७ जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेय विजयी हुनुभएको छ । एमालेले आफ्नो ‘लालकिल्ला’ दाबी गर्दै आएको बुटवलमा गठबन्धनबाट मेयरका उम्मेदवार बन्नुभएका पाण्डेयको वजय संगै बुटवलमा २५ बर्षपछि कांग्रेसको आफ्नो विरासत फर्काउन सफल ुभएको छ ।
एमालेले आफ्नो ‘गढ’ मान्दै आएको बुटवलमा नेपाली कांग्रेसको जितले कांग्रेस नेता कार्यकर्ता निकै खुसी भएका छन् ।
३० बैसाखमा भएको स्थानीय तह निर्वाचनको सार्बजनिक भएको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार पाण्डेयले ७ हजारको मतान्तर कायम गर्नुभएको छ ।
अहिले बुटवल ११ मा मतगणना जारी रहेको र त्यहाँ करिब ४ हजार मत गणना बाँकी रहेपनि पाण्डेय ७ हजार मतले अगाडी रहेकोले जित पक्का भैसकेको बुटवल उपमहानगरका निर्वाचन अधिकृत लेखनाथ पोखरेलले जानकारी दिनुभयो ।
बुटवल उपमहानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार प्रमुखमा नेपाली कांग्रेसका खेलराज पाण्डेयको २५ हजार ६१२, नेकपा एमालेका बाबुराम भट्टराईले १८ हजार ६५९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्रकुमार शेरचनले ३ हजार ७०९ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपप्रमुखमा नेकपा एमालेकी सावित्रादेवी अर्यालले २० हजार ६०४, गठबन्धन नेकपा एकिकृत समाजवादीका चीनबहादुर गुरुङले १४ हजार ७७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका भगवती पाण्डेले ५ हजार ६२६ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा एमाले उम्मेदवार साबित्रादेवी अर्याल बिजयी नजिक हुनुहुन्छ । ०७४ को निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा विजयी भएको एमाले यस पटकको निर्वाचनमा भने दोेस्रो स्थानमा खुम्चिन पुगेको छ ।
नगरको निर्वाचनमा मेयर र उपमेयर पदमा कांग्रेस र नेकपा एकिकृत समाजबादीबीच गठबन्धन भएको थियो ।
१९ वटा वडा रहेको बुटवलमा ४ वटा वडाहरु (वडा न १०,१४,१८ र १९) मा एमालेले जितेको छ भने वडा न १ मा स्वतन्त्र उम्मेदवार,२ मा एकिकृत समाजबादी, ३ मा माओबादी केन्द्र रुख चिन्हबाट विजयी भएका छन् । अन्य बांकी बहुमत वडा सहित (वडा न ४,५,६,७,८,९,१२,१३,१५,१६,१७) कांग्रेसले जितेको छ ।
बुटवलमा कुल मतदाता संख्या ९० हजार ४०४ रहेपनि जम्मा ६२ हजार १०१ मत खसेको थियो । बुटवलमा २०४९ मा कांग्रेस नेता सूर्यप्रसाद प्रधान बुटवलको मेयर बने,२०५४ मा एमालेका भोजप्रसाद श्रेष्ठ र २०७४ मा एमालेकै शिव सुबेदी मेयर निर्वाचित भएका थिए ।

≪ Previous Post

रुपन्देहीको तिलोत्तमामा विवादका कारण स्थगित मतगणना सुरु

Next Post ≫

तिलोत्तमा २ को वडाध्यक्षमा कांग्रेसका भट्टराई बिजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क