बुटवल, ७ जेठ । तिलोत्तमा नगरपालिका वार्ड नं २ मा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार डिलबहादुर भट्टराई (जर्मनी दाई) वडाध्यक्षमा निर्वाचित भएका छन् ।
भट्टराईले एमालेका वडाध्यक्षका उम्मेदवार कांशीराम पोखरेललाई पराजित गरे । यो वडा विगतका निर्वाचनमा एमालेले जित्दै आएको वडा हो । यो वडामा एमालेले जित्नका लागि ठूलै कसरत गरेपनि जित निकाल्न भने सकेन ।
वडामा कांग्रेसका दलित महिला सदस्य सहित दुई जनाले जितेका छन् भने एक महिला सदस्य सहित २ सदस्य एमालेले जितेको छ । तिलोत्तमामा अहिले सम्म १, २, १५, १६ र १७ को नतिजा सार्वजनिक भएको ३ को नतिजा आउन केही समय लाग्ने छ । १ र १५ वडा एमालेले जितेको छ भने २, १६ र १७ प्यानल सहित कांग्रेसले जितेको छ ।
