Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेद्वार घरदैलोमा
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेद्वार घरदैलोमा

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0
मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेद्वार घरदैलोमा
60
SHARES
ShareTweet

तिलोत्तमा । निर्वाचन आयोगले घरघरमा पुगेर सिकाउने मतादाता शिक्षा यो वर्ष सञ्चालन नभएपछि तिलोत्तमाका गठबन्धनका उम्मेद्वारहरुले घरघरमा गएर मतादाता शिक्षा दिन थालेका छन् ।
निर्वाचनमा नयाँ मतादाता तथा जेष्ठ नागरिकले आफुले चाहेको निर्वाचन चिन्ह्मा कसरि मतदान गर्दा बदर हुँदैन भनेर सिकाउन जनताकै घरदैलोमा पुगेको तिलोत्तमाको मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले बताए । उनले मतदाता शिक्षालाई अझै प्रभावकारी बनाएर म तबदर हुनबाट जोगिनको लागि मतदाताको घरदैलोमा पुगरे मतदाता शिक्षा प्रदान गरेको बताए ।
उनले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हिडेको बताउँदै गठबन्धनका उम्मेद्वारलाई मतदान आग्रह गरेका थिए । शुक्रबार तिलोत्तमा ९ मा गरिएको घरदैलोको क्रममा आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउँदै मेयर पदका उम्मेद्वार खाँणले तिलोत्तमाको समग्र बिकासको लागि यो पटक आफुलाई मतदान गर्न आग्रह गरेका थिए ।
घरदैलोमा उपमेयर पदका उम्मेद्वार हेमलाल पाण्डे(हेमन्त)ले गठबन्धनमा सहि तरिकाले मतदान गर्न आग्रह गर्दै मेयरमा रुख र उपमेयरमा हसिया हतौडामा मतदान गर्न आग्रह गरे ।
मतादाता शिक्षाको बारेमा पहिले थाहा नपाएपनि गठबन्धनका उम्मेद्वारले सहि तरिकाले मतदान गर्न सिकाएको प्रति स्थानीयले खुसि ब्यक्त गरे । तिलोत्तमा ९ कि ३७ वर्षिया रुपमाया चौधरीले गठबन्धनका उम्मेद्वारको कारणले आफुले मतदान गर्ने तरिका थाहा पाएको बताउँदै यो पटक गठबन्धनका उम्मेद्वारलाई नै मतदान गर्ने बताईन् । उनले भनिन्, गठबन्धनका उम्मेद्वारलाई नै मतदान गर्ने बताईन् । उनले भनिन्,‘भोट माग्न धेरै आए, तर कसैले पनि मतदान गर्ने तरिकाको बारेमा सिकाएनन्, यदि गठबन्धनका उम्मेद्वारले नसिकाएको भए मेरै मत पनि बदर हुने रहेछ । ’
वडाका उम्मेद्वारसहित पुगेका मेयर तथा उपमेयरका उम्मेद्वारहरु मतदाताको घरदैलोमा पुगेका हुन् । गठबन्धनबाट तिलोत्तमा ९ को वडा अध्यक्ष पदका उम्मेद्वार धु्रव न्यौपाने, सदस्य पदका उम्मेद्वारहरु गोपाल बस्याल र हर्क बहादुर पुन, महिला सदस्य पदका उम्मेद्वार मिस्सु शाही र दलित महिला सदस्य पदका उम्मेद्वार र्सिजना बुढाप्रितिले पनि मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाएर भ्रष्टाचारमुक्त तिलोत्तमा बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।

≪ Previous Post

मेयरका उम्मेद्वार खाँणले गरे आमसभाको फोहोर व्यवस्थापन

Next Post ≫

तरुण दल तिलोत्तमा २ को रक्तदानमा ५१ युनिट रगत संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क