Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली कांग्रेस तिलोत्तमा वडा न ५ मा चुनावी प्रचार प्रसार कार्यालय उदघाटन
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

नेपाली कांग्रेस तिलोत्तमा वडा न ५ मा चुनावी प्रचार प्रसार कार्यालय उदघाटन

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0
नेपाली कांग्रेस तिलोत्तमा वडा न ५ मा चुनावी प्रचार प्रसार कार्यालय उदघाटन
120
SHARES
ShareTweet

तिलोत्तमा, १७ बैशाख । नेपाली कांग्रेस तिलोत्तमा वडा न ५ को चुनावी प्रचार प्रसार तथा सम्पर्क कार्यालयको शनिबार उदघाटन भएको छ । सम्पर्क कार्यालय उदघाटन पछि आयोजना गरिएको कोण सभामा बोल्दै मेयरका प्रत्यासी रामकृष्ण खांणले तिलोत्तमालाई भ्रष्टाचार मुक्त तिलोत्तमा बनाउने प्रतिबद्धता जनाउनु भयो । तिलोत्तमा प्रशस्त सम्भावना बोकेको नगरपालिका भएकोले पनि शुद्ध मन र प्रष्ट विचारसहित काम गरेमा नगरपालिका मात्र नभई नगरवासी पनि उत्कृष्ट हुने बताउनु उहांले बताउनुभयो ।
कार्यक्रममा गठबन्धनको तर्फबाट उपमेयरका उमेदवार हेमन्त पाण्डेले प्रतिबद्धता पत्रमा समेटिएका बिषयहरुलाई पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा वडा न ५ ले छुट्टै प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेको छ । उक्त पत्रमा सन्तुलित र पक्षपातरहित विकास निर्माणमा जोड दिईएको छ । प्रत्येक घरमा खपत हुने खानेपानीको न्युनतम रकममा अनुदानको ब्यवस्था गरि व्यवस्थापन गर्ने जनाईएको छ । पत्रमा नयाँमिल मणिग्रामदेखि शंकरपुरसम्मको तुल्सीपुर कुलो चौडा गर्ने र पक्की बनाउने तथा मणिग्राम बजार क्षेत्रभित्रका सबै सडक तथा नालिहरु पक्की तथा स्तरउन्नति गर्ने कुरामा जोड दिएको छ ।
कार्यक्रममा माओवादि जिल्ला अध्यक्ष निर्मल जीसी, माओवादिका नगर अध्यक्ष बेलप्रसाद शर्मा, कांग्रेस नगर सभापति हरिलाल पाण्डे, नेता रोमणिप्रसाद पाठक, मिनप्रसाद अधिकारि लगायतले गठवन्धनका उम्मेदवारलाई भारी मतले विजयी बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा वडा न ५ वडाध्यक्षका उमेदवार रमेश डुम्रे, सदस्यहरु धर्मादेवि न्यौपाने, प्रमिला सुनार, हरि पन्त, हिरा गिरि लगायतले आफुहरुलाई विजयी वनाई वडाको समग्र विकास गर्ने अवसर दिन आग्रह गर्नुभयो । क्षेत्रिय सभापति श्यामसुन्दर तिवारी को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस वडा न ५ का सचिव बाबुराम भण्डारीले गर्नुभएको थियोे ।

≪ Previous Post

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन

Next Post ≫

बुटवलका समस्या समाधानको लागि ठोस योजना बनाएका छौं : मेयर उम्मेदवार पाण्डेय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क