बुटवल, १७ बैशाख । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले नयां वर्ष २०७९ को भित्तेपात्रो विमोचन गरेको छ ।
हरेक वर्ष भित्तेपात्रो प्रकाशनगर्दै आएको संघले यस वर्ष पनि विगत वर्षको कार्यलाई निरन्तरता प्रदान गरेको छ । संघका अध्यक्ष राम प्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवकुमार खनाल, द्धितीय उपाध्यक्ष रोमकान्त पाण्डे, भितेपात्रो प्रकाशन समितिका संयोजक कृष्ण प्रसाद पाण्डे सहितको टोलीले सामुहिक रुपमा भित्तेपात्रो विमोचन गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष राम प्रसाद गौतमले व्यवसायीको हकहितकालागि संघले अगाडी सारेका मानविय काम र व्यवसायीक आचारसंहितालाई पालना गर्न व्यवसायीहरुलाई आह्वान गर्नुभयो । पर्यटन व्यवसायलाई आत्मसाथ गरी पेशा व्यवसायलाई परिष्कृत गर्दै समयानुकुल परिमार्जन गर्न जरुरी रहेको अध्यक्ष गौतमले जोड दिनुभयो ।
