Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ देशभर छुट सहितका सहुलियत पसल सञ्चालनमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देशभर छुट सहितका सहुलियत पसल सञ्चालनमा

संसारपोस्ट संवाददाता · १ आश्विन २०७८ · 0
देशभर छुट सहितका सहुलियत पसल सञ्चालनमा
60
SHARES
ShareTweet

काठमाडौं, १ असोज । । दशैं तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले देशका बिभिन्न स्थानमा सहुलियत(सस्तो) पसल सञ्चालनमा ल्याएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डिडिसी) मार्फत काठमाडौं उपत्यकामा सहित देशका ८५ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार दशैं÷तिहारलाई लक्षित गर्दै ब्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कपोरेशनले ३२ र दुघ्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका हुन् ।
शनिबारबाहेक हरेक दिन बिहान १० देखि ५ बजेसम्म सञ्चालनमा आउने सहुलियत पसलमा साल्टको बिक्री केन्द्रबाट बिक्री हुने चिनी र नुन कोटा प्रणलीमा एक व्यक्तिले ६ किलो नुन र २ किलो मात्रै चिनी किन्न पाउने छन् भने अन्य वस्तु चाहेजति खरिद गर्न सक्नेछन् । आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।
सरकारले सञ्चालनमा ल्याउने सहुलियत पसलमा दैनिक अत्यावश्यक वस्तुको मूल्यमा छुट दिइने छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका संघ संस्था र पदाधिकारीबीच बसेको बैठकले दशैंमा छुटसहित अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने निर्णय गरिसकेको छ । जसअनुसार कर्पोरेशनले नून प्रतिकिलो १८ र चिनी प्रतिकिलो ७९ रुपैयाँमा बिक्री गर्ने छ ।

छुट हुने सामानको विवरण :

नून – २ रुपैयाँ प्रति किलो
दाल – ५ रुपैयाँ प्रति किलो
चिउरा – ५ रुपैयाँ प्रति किलो
आटा – ५ रुपैयाँ प्रति किलो
तेल (तोरी) – ५ रुपैयाँ प्रति लिटर
तेल (सूर्यमुखी) – ५ रुपैयाँ प्रति लिटर
चिनी – ५ रुपैयाँ प्रति किलो
चामल – ५ रुपैयाँ प्रति किलो
खासी÷बोका (जिउँदो) – १० रुपैयाँ प्रति किलो
सिमी – १० रुपैयाँ प्रति किलो
फापर – १० रुपैयाँ प्रति किलो
तेल (भटमास) – १० रुपैयाँ प्रति लिटर

≪ Previous Post

विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस एवं वास्तु दिवस मनाइंदै

Next Post ≫

नेकपा (एकीकृत समाजवादी) को कावासोतीमा पार्टी कार्यालय स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क