Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शान्ति नमुनामा अटिजम भवनको शिलान्यास
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुनामा अटिजम भवनको शिलान्यास

संसारपोस्ट संवाददाता · १७ फाल्गुन २०७७ · 0
शान्ति नमुनामा अटिजम भवनको शिलान्यास
50
SHARES
ShareTweet

तिलोत्तमा, १७ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अटिजम भवनको शिलान्यास गरिएको छ । अजिजम भएका बालबालिकाहरुको हेरचाह, अध्ययन र उनीहरुको दैनिक जीवनको सहजताका लागि निर्माण गर्न लागिएको भवनको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिलान्यास गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सरकारको २० लाखको लागतमा ६ कोठे भवनको निर्माण हुन लागेको हो । दीर्घकालिन रुपमा छात्राबास सहित आवश्यकता अनुसार अभिभावक समेत बस्न मिल्ने गरी थप भवन निर्माण गर्ने योजना समेत रहेको छ । विद्यालयको व्यवस्थापन तथा अटिजम केयर सोसाईटी लुम्बिनीको प्राविधिक सहयोगमा कक्षाहरु सञ्चालन गरिने छ ।
कार्यक्रममा बोल्दै मन्त्री बरालले कुनै पनि बालबालिका शारीरिक तथा मानसिक अवस्थाका कारण शिक्षाबाट बञ्चित हुन नपरोस भनेर राज्यले शिक्षामा लगानी बढाएको बताउनुभयो । अटिजम भएका बालबालिकालाई विशिष्ट क्षमता भएका व्यक्तिका रुपमा विकसित गर्नका लागि सबैको उत्तरदायित्व भएको भन्दै उहाँले अटिजमका बारेमा थप अनुसन्धान गरेर नयाँ योजना ल्याउन सम्बन्धित क्षेत्रका विज्ञहरुसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले विविध क्षेत्रमा अब्बलभूमिका खेल्दै आएको शान्ति नमुनाले सामान्य तथा प्राविधिक शिक्षा र भिन्न क्षमता भएका बालबालिकाको विकासका लागि गरेको योगदान प्रश्ंसनीय रहेको भन्दै नगरपालिकाको तर्फबाट समेत अटिजम कक्षाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष डा. सतिश रुपाखेतीले अटिजम कुनै रोग नभई व्यक्ति कुनै एक ठाँउ वा काममा केन्द्रित हुने अवस्था भएकोले अटिजम भएका व्यक्तिलाई विशिष्ट क्षमता भएका व्यक्तिका रुपमा बुझ्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्राधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयलाई सबै खाले विद्यार्थीको साझा फुलबारी बनाउदै सबैको अपनत्व महसुस हुने गरी काम भैरहेको भन्दै सबैका लागि शिक्षा भन्ने नारालाई सार्थकता दिन अटिजम, श्रवण दृष्टीविहिन लगायतका फरक क्षमता भएका बालबालिकाको लागि कक्षा सञ्चालन भएको जानकारी गराउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनालले गर्नुभएको थियो ।

≪ Previous Post

रुपन्देही सुपरलिग : बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा

Next Post ≫

रुपन्देही सुपरलिग : जीआरलाई सफलता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क