Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रहरी संगठनलाई जनताको भरोसाको साथीका रुपमा स्थापित गर्नु पर्छ ः मुख्यमन्त्री पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रहरी संगठनलाई जनताको भरोसाको साथीका रुपमा स्थापित गर्नु पर्छ ः मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · ३० आश्विन २०७७ · 0
प्रहरी संगठनलाई जनताको भरोसाको साथीका रुपमा स्थापित गर्नु पर्छ ः मुख्यमन्त्री पोखरेल
120
SHARES
ShareTweet

बुटवल ३० असोज
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हरेक हिसावले जोखिममा रहेको प्रदेश भएकाले जनताको भरोसाको साथीका रुपमा प्रहरी संगठनलाई स्थापित गर्नु पर्नेमा जोड दिनु भयो । राष्ट्रले सुम्पेको जिम्मेवारी पुरा गर्न प्रहरी संगठन काविल सावित भएको बताउदै उहाँले अमर प्रहरीका कारण जनताको भरोसा प्रहरीसंग नै रहेको औल्याउनु भयो ।
लुम्बिनी प्रदेश प्राकृतिक हिसावले,अन्तराष्ट्रिय सीमानाकासंग प्रदेशको अधिकांस भुभाग जोडिएको ,सडक दूर्घटना ,लागूऔषध, अपराध नियन्त्रण, अनुसन्धान र ट्राफिक व्यवस्थापनमा चुनौति र जोखिमका रुपमा रहेकाले जनताको भरोसाको साथीका रुपमा प्रहरी संगठनलाई स्थापित गरि समस्याको समाधान गर्नसकिेनेमा मुख्य मन्त्री पोखरेलले जोड दिनु भयो । शुक्रबार लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलमा आयोजना गरेको ६५ औं प्रहरी दिवसको अवसरमा मुख्यमन्त्री पोखरेलले समाजमा शान्ति सुरक्षा बहालीका क्रममा अहिलेसम्म भएका कामको समिक्षा गरि बदलिदो सामाजिक चरित्रलाई सुक्ष्म रुपमा विश्लेषण गर्दै प्रभावकारी कामका लागि प्रहरी संगठनको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
यतिबेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण चरणमा छौं, प्रहरी संगठन पनि संघीय शासन प्रणाली अनुरुप नयाँ ढाँचामा व्यवस्थापन गर्न गृहकार्य अघि बढेको छ, प्रहरी संगठनलाई छिटो संघीय शासन प्रणाली अनुरुपको ढाँचामा व्यवस्थापन जरुरी रहेको उहाँले बताउनु भयो ।
प्रदेश सरकार प्रहरी ऐन निमार्णको चरणमा रहेको र प्रहरी संगठनलाई कसरी अनुसाशित, मर्यादित प्रभावकारी वनाउने सवालमा ऐनमा समावेस गर्न आआप्mनो क्षेत्रवाट सहयोग र सुझाव दिन पनि मुख्यमन्त्री पोखरेलले आह्वान गर्नु भयो ।
समाजमा बढिरहेका सुरक्षा चुनौतीको सामना गर्दै सबल र सक्षम प्रहरी संगठनको पहिचान बनाउन नयाँ सांगठनिक ढाँचाले अवश्य बल पु¥याउने उहाँले बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक रविन्द धानुक लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक डा.गणेश रेग्मी प्रहरी नायव उपरिक्षक राम बहादुर केसी लगायतले प्रहरीलाई प्रविधी युक्त र व्यवसायीक वनाउन जरुरी रहेको धारणा राख्नु भएको थियो ।

≪ Previous Post

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शाहनी दम्पत्ती ४ लाख घुष सहित पक्राउ

Next Post ≫

शनिवारदेखि बडादशैँ सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क