Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भिम अस्पताल भैरहवामा आईसियु संचालन
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

भिम अस्पताल भैरहवामा आईसियु संचालन

संसारपोस्ट संवाददाता · १५ भाद्र २०७७ · 0
भिम अस्पताल भैरहवामा आईसियु संचालन
50
SHARES
ShareTweet

बुटवल, १५ भदौ । कोरोना संक्रमित विरामीहरुको उपचार गर्ने डेडिकेटेड अस्पताल रुपन्देहीको भैरहवा स्थित भिम अस्पतालमा आइसियु संचालन भएको छ । दक्ष जनशक्तिको अभावमा अस्पतालमा आईसियु कक्ष भएर पनि संचालन हुन सकेको थिएन ।
अहिले आईसियु संचालनको लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएपछि सोमवारदेखि आइएसियु संचालन भएको भिम अस्पतालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिले जानकारी दिनुभयो । ५ वेडको आईसियु संचालनमा आएसंगै ५ जना विरामी समेत भर्ना भएका अस्पतालले जनाएको छ । भिम अस्पतालमा कोरोना संक्रमितहरुको उपचारको लागि तयारी अवस्थामा रहेका २२ वटा आईसोलेशन वेडमा पनि विरामी भरिएको डा. प्रजापतिले जानकारी गराउनु भयो ।
प्रदेश ५ मा आइसियु बेड ३४ वटा रहेका छन् । जसमध्ये बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १६, भैरहवाको भिम अस्पतालमा ५, बाँकेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा ८ र दाङको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा ५ वटा बेड छन् ।
यसैविच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोमवार भिम अस्पतालको निरिक्षण गर्नुभएको छ । मन्त्री वरालले कोभिड–१९को लक्षण देखिएका विरामीको संख्या वृद्धि हुदै जांदा उनीहरुको उपचारका लागि आईसियु वेड क्षमता वृद्धि गर्नु परेकाले भिम अस्पतालमा दक्ष जनशक्ति सहित आईसियु संचालन गरिएको बताउनुभयो । उहांले संक्रमितहरुको उपचारमा कुनै कसर बांकी नराख्न चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई निर्देशन दिदै विरामीको उपचारका लागि आवश्यक जनशक्ति र वजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।

≪ Previous Post

कोरोना संक्रमित विरामीलाई आयुर्वेदिक औषधी प्रदान

Next Post ≫

भैरहवाका आचार्य गौतमको आह्वान : अर्कबटी खाऊँ कोरोना भगाऊँ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क