बुटवल, १५ भदौ । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथले कोरोना भाईरस (कोभिड–१९) संक्रमितहरुलाई रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधी र स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।
बुटवल –११ देविनगर स्थित एन्फा एकेडेमीको आईसोलेशनमा रहेका संक्रमितहरुलाई औषधी सहित स्वास्थ्य सुरक्षा सामाग्री उपलव्ध गराईएको क्लवका सचिव लेखनाथ वस्यालले जानकारी दिनुभयो ।
सोमवार क्लवका अध्यक्ष यदुमणि पोख्रेलले बुटवल ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा वडाअध्यक्ष क्षेत्रीले कोरोना संक्रमित विरामीको आत्मवल वलियो वनाउन क्लवले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै यस्तै सहयोग र सदभावले विरामीको आत्मवल वलियो भई कोरोना भाईरसलाई पराजित गर्न सकिने बताउनुभयो ।
लुम्विनी आयुर्वेदिक अस्पतालका योग गुरु विष्णुहरी आचार्यले पछिल्लो समय आयुर्वेदिक औषधीको महत्व बढ्दै गएको र यसको महत्वलाई वुझेर लायन्स क्लव अफ बुटवल मणिमुकुन्दले कोरानाका विरामीलाई आयुर्वेदिक औषधी उपलव्ध गराएर राम्रो काम गरेको बताउनु भयो ।
क्लवले विरामीहरुका लागि गुड्ची, जीवनजल, माक्स, ग्लोब्स लगायतका सामाग्री हस्तान्तरण गरेको क्लवका पुर्व अध्यक्ष कमल थापा क्षेत्रीले जानकारी दिनुभयो ।
