Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तरामुको सपनाको भन्ज्याङतिर निबन्ध सङ्ग्रह बजारमा
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तरामुको सपनाको भन्ज्याङतिर निबन्ध सङ्ग्रह बजारमा

संसारपोस्ट संवाददाता · १५ भाद्र २०७७ · 0
तरामुको सपनाको भन्ज्याङतिर निबन्ध सङ्ग्रह बजारमा
60
SHARES
ShareTweet

बुटवल १५ भदौ
कवि एवं निबन्धकार खोमा तरामु मगरको निबन्ध सङ्ग्रह ‘सपनाको भन्ज्याङतिर’ बजारमा आएको छ । निबन्ध सङ्ग्रहमा २६ वटा रचनाहरू रहेका छन् । बुटवलमा रहेर कविता र निबन्धको क्षेत्रमा कलम चलाउदै आएका तरामु मगरको निबन्ध सङ्ग्रहमा विद्यमान शोषणकारी समाजको परिवर्तन र नयाँ समाजको निर्माणका सपनाहरूलाई सजाइएको छ ।
समाजका सबैभन्दा पिँधमा रहेका वर्गले भोग्दै आएका दुःख, पीडा र उनीहरुको सुन्दर सपनाहरूलाई निबन्धहरुमा समेटिएको छ । निबन्धबारे वरिष्ठ साहित्यकार दिल साहनीले भनेका छन् “नयाँ समाजको निर्माण तथा शान्ति र प्रगति नै उनको निबन्धको मूल सार हो ।”
पुस्तकभित्रका निबन्धहरूले स्थान, पात्र, परिवेश, घटना सबैका माध्यमबाट नयाँ र उन्नत समाज निर्माणलाई केन्द्रमा राखेका छन् । निबन्धकार खोमा तरामु मगर भन्छन्, “मैले सत्य, न्याय, दमित, शक्तिहीनहरुको पक्षमा र सबैखालका अमानवीय प्रवृत्तिविरुद्ध निबन्धमार्फत् आवाज उठाएको छु ।” उनले भने, “सहिद, वेपत्ता तथा घाइते योद्वाहरुका अलपत्र सपनाहरूभित्र रहेका निःसृत उद्देलन र उनका प्रियजनहरुभित्र थाम्नै नसकिने गरी उर्लिएको विद्रोह र नयाँ समाज निर्माण गर्ने उत्कत आकाङ्क्षाहरुको बयानीलाई निबन्धहरुमा समेटेको छु ।”
पुस्तकको प्रकाशन अखिल नेपाल लेखक सङ्घले गरेको छ । सहिद, बेपत्ता र घाइते योद्धाहरूले देखेको अधुरो सपनाहरुलाई समेटिएको निबन्धहरुमा नयाँ समाज–व्यवस्थाको दुरुस्त ऐना देखाइएको छ । पुस्तक १५२ पृष्ठ रहेको छ । तरामु मगरको यो पहिलो निबन्ध सङ्ग्रह हो ।

≪ Previous Post

पूर्वी नवलपरासीमा एक जना कोरोना संक्रमितको निधन

Next Post ≫

कोरोना संक्रमित विरामीलाई आयुर्वेदिक औषधी प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क