Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ रुपन्देहीका भारत्तोलक रुप कार्कीलाई अमेरिकामा स्वर्ण पदक
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीका भारत्तोलक रुप कार्कीलाई अमेरिकामा स्वर्ण पदक

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0
रुपन्देहीका भारत्तोलक रुप कार्कीलाई अमेरिकामा स्वर्ण पदक
70
SHARES
ShareTweet


बुटवल, १ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीका रुप कार्कीले अमेरिकामा भारत्तोलनमा स्वर्ण पदक प्राप्त गर्नुभएको छ । हाल अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका भारत्तोलक कार्कीलाई स्वर्ण पदक प्राप्त भएको हो । कर्कीलाई भर्जिनियामा आयोजना भएको युएसपिएलमा आफ्नो वजन र वर्गमा स्वर्ण पदक प्राप्त भएको हो । गत जुलाई १३ का दिन ५०÷५४ बर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीलाई प्रथम पुरस्कार प्राप्त भएको हो ।
स्वर्ण पदक प्राप्त गरेसंगै कार्की आगामी अक्टोबरमा आयरल्याण्डमा हुने आईपिएल प्रतियोगिताको लागि हुने पूर्व योग्यता(प्रि क्वालिफाई) का लागि छनोट हुनुभएको छ । यो पूर्व योग्यता प्राप्त भएपछि मात्र आईपिएलको प्रतिस्प्रधामा प्रतियोगिको रुपमा भाग लिन पाइने प्रावधान छ । कार्की यस्मा योग्य भएपछि अहिले आयरल्याण्डको लागि तयारीमा जुट्नुभएको छ ।
भारत्तोलक कार्कीले यस अघि ४४÷४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा एटलान्टामा भएको युएसपिएल प्रतियोगितामा समेत स्वर्ण पदक जितिसक्नुभएको छ । अमेरिकाको एटलान्टामा सम्पन्न भएको प्रतियोगिता नै यो बर्ष आयरल्याण्डमा हुने छ ।
कार्की ड्रग टेस्टेड (कृतिम रुपमा शारीरिक बल वृद्धि गर्न ओखति प्रयोग नगर्ने बिधि ) खेलाडी हुनुहुन्छ भने २०१९ को आईपिएल प्रतियोगितामा पनि ड्रग टेस्टेडको रुपमा आयरल्याण्ड जादै हुनुहुन्छ ।
कार्की नेपालबाट अमेरिका गएदेखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त रहदै आउनुभएको छ । भारोत्तलनमा थुप्रै पदक प्राप्त गरिसक्नुभएका कार्की अन्तर्राष्ट्रिय ख्याति प्राप्त भारत्तोलक हुनुहुन्छ ।

पछिल्लो समय कार्कीका छोरा रुपेश कार्की पनि भारत्तोलन खेलमा सक्रियता पुर्वक लाग्नुभएको छ । आफ्नो वर्गमा रुपेशलाई समेत स्वर्ण पदक प्राप्त भएको छ ।

≪ Previous Post

सम्पत्ति विवरण बुझाउन आग्रह, अटेर गर्नेलाई जरिवाना

Next Post ≫

चितवनमा खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क