Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एनआइसी एसिया बैंकको घर, सवारी र ब्यवसाय कर्जामा चमत्कारिक योजना
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

एनआइसी एसिया बैंकको घर, सवारी र ब्यवसाय कर्जामा चमत्कारिक योजना

संसारपोस्ट संवाददाता · २ श्रावण २०७७ · 0
एनआइसी एसिया बैंकको घर, सवारी र ब्यवसाय कर्जामा चमत्कारिक योजना
100
SHARES
ShareTweet

तिलोत्तमा, २ साउन । एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कोरोनाका कारण व्यवसाय रोकिएको अहिलेको अवस्थामा बैंकले नयाँ कर्जा योजना सार्वजनिक गरेको हो ।
बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको छ । बैंकको प्रदेश ५ कार्यालयले दिएको जानकारी अनुसार यो योजनामा बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्क (सेवाशुल्क) मा यी कर्जाहरु उपलब्ध गराउने छ । यसरी प्रवाह गरिने कर्जाको ब्याजदर एक वर्षसम्म परिवर्तन नहुने समेत बैंकले जनाएको छ ।
सुपर चमत्कारिक घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद जस्ता कामका लागि ऋण लिन सकिने बैंकका प्रदेश कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले जानकारी दिनुभयो । यसरी ऋण लिँदा ऋणको अवधि पाँच देखि ३० वर्षसम्म हुने छ । घर कर्जा योजनामा अधिकतम १ करोड ५० लाख सम्म ऋण पाइने प्रदेश प्रमुख कार्कीले बताउनु भयो ।
घर निर्माण गर्नेको हकमा बैंकले निर्माण लागतको शत प्रतिशतसम्म ऋण दिन सक्ने छ । घर निर्माणका लागि अधिकतम ५ वर्षसम्म ऋणीले ब्याजमात्र तिरे हुन्छ । त्यस्तै ऋणको वार्षिक किस्ता ऋणीको सुविधालाई मध्येनजर गरी ऋणी आफैले निर्धारण गरेर पनि तिर्न सक्ने ब्यवस्था गरिएको बैंकका प्रदेश प्रमुख कार्कीले बताउनु भयो ।
सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीका लागि ऋण पाउन सकिने छ । अन्य बैंकबाट सवारी कर्जा लिइरहेकाले पनि सारेर एनआइसीको यो योजनाको सुविधा लिन सकिने बैंकले जानकारी दिएको छ । यो योजनामा अधिकतम २ करोडको ऋण तोकिएको छ । यस्तो ऋण लिंदा सवारी धितो राखेमा ऋणको अवधि १० वर्षको र सवारी र घजग्गा सयुक्त धितो राखेमा १५ वर्षको अवधि हुने छ ।
साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको अवस्थामा साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न यही साउन १ गतेदेखि बैंकले सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको हो । यो योजनामा उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्ने छन् । यो ऋणको अधिकतम सीमा १ करोड तोकिएको छ ।
सुपर चमत्कारिक कर्जा योजनामा आवश्यक कागजपत्र पुगेपछि ४८ घण्टाभित्र निर्णय दिने बैंकले प्रतिबद्धता जनाएको छ । ऋणका लागि आवेदन दिन बैंकको वेबसाइट मार्फत् वा ३४४८८ मा लोन टाइप गरी एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस कल गरी थप जानकारी लिन सकिने बैंकका प्रदेश प्रमुख कार्कीले जानकारी गराउनु भयो ।

≪ Previous Post

बेतलबी विदामा राख्ने प्याब्सन र एन प्याब्सनको निर्णय प्रति शिक्षक–कर्मचारीको आपत्ति

Next Post ≫

बेतलबी विदा दिने प्याब्सन र एन प्याब्सनको निर्णयप्रति शिक्षक–कर्मचारीको आपत्ति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क