Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बेतलबी विदामा राख्ने प्याब्सन र एन प्याब्सनको निर्णय प्रति शिक्षक–कर्मचारीको आपत्ति
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बेतलबी विदामा राख्ने प्याब्सन र एन प्याब्सनको निर्णय प्रति शिक्षक–कर्मचारीको आपत्ति

संसारपोस्ट संवाददाता · २ श्रावण २०७७ · 0
बेतलबी विदामा राख्ने प्याब्सन र एन प्याब्सनको निर्णय प्रति शिक्षक–कर्मचारीको आपत्ति
110
SHARES
ShareTweet

बुटवल, २ साउन । साउनदेखि बेतलबी बिदामा राख्ने प्याब्सन र एन प्याब्सनको संयुक्त निर्णयप्रति शिक्षक–कर्मचारीहरुले आपत्ति जनाएका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन प्रदेश ५ ले प्याब्सन र एन प्याब्सनको केन्द्रीय समितिले देशभरका निजी विद्यालयका शिक्षक–कर्मचारीलाई बेतलबी विदामा राख्ने निर्णयको भत्र्सना गरेको छ ।
यूनियनले शुक्रबार विज्ञप्ति जारी गर्दै श्रम ऐन अनुसार शिक्षक कर्मचारीलाई सेवा सुविधा उपलब्ध गराउन माग गर्दै अन्यथा चरणवद्ध आन्दोलनमा उत्रिने स्पष्ट पारेको छ । कम्पनी नाफामा जाँदा त्यसको लाभांस काम गर्ने श्रमिकले पाउनुपर्नेमा अहिलेसम्म कुनै निजी शैक्षिक संस्थाले शिक्षक तथा कर्मचारीलाई लाभांस नदिएका तर लकडाउनको बहानामा बेतलबी बिदामा राख्ने निर्णय गर्नु श्रम ऐन विपरित भएकोले निर्णय स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शिक्षक तथा कर्मचारीलाई आफ्नो पारिश्रमिक अविलम्ब उपलब्ध गराउन युनियनले माग गरेको छ । युनियनका प्रदेश ५ इन्चार्ज हरिप्रसाद पौडेल र अध्यक्ष लेखनाथ पौडेलद्वारा जारी विज्ञप्तिमा लकडाउनका कारण निजी शैक्षिक संंस्थाका शिक्षक–कर्मचारी अत्यन्त पीडित र दयनीय अवस्थामा रहेको यथार्थ प्रति आँखा चिम्लेर खाईपाई आएको तलब भत्तासमेत रोक्ने प्याब्सन केन्द्रको निर्णय र सरकारको उदासीनताप्रति निजी शैक्षिक संस्थामा कार्यरत लाखौँ शिक्षक कर्मचारीहरूले घोर भत्र्सना गर्दछौँ भनिएको छ ।
विज्ञप्तिमा कोरोना महामारीको बेलामा शिक्षक कर्मचारीलाई विद्यालयबाट राहत, विमा जस्ता सुविधा दिनुपर्नेमा खाइपाइ आएको तलबसमेत रोकेर श्रमिक र उनीहरुमा आश्रित परिवारको गास खोस्ने जस्तो अमानवीय कार्य गरिनु कदापि सह्य हुँदैन भनिएको छ ।
निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी यूनियनले प्याब्सन रुपन्देहीले लकडाउन अवधिको शिक्षक कर्मचारीको तलब २५ प्रतिशत नघट्ने गरी दिने निर्णयप्रति पनि आपत्ति जनाएको छ । शिक्षक कर्मचारीको हकहित विरुद्धका आपत्तिजनक र अस्पष्ट निर्णयहरू प्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
सुरक्षा उपाय अवलम्बन गरी विद्यालयहरुमा पठनपाठन सुचारु गर्ने वातावरण बनाउन र शिक्षक कर्मचारीको अधिकार सुनिश्चित गर्दै मासिक सेवा, सुविधा तत्काल प्रदान गर्ने व्यवस्था मिलाउन सरकार, प्याब्सन, एन् प्याब्सन तथा सरोकारवाला निकायलाई युनियनले अपील गरेको छ ।

≪ Previous Post

सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारको निर्णयविरुद्व पूर्व सैनिक आन्दोलित

Next Post ≫

एनआइसी एसिया बैंकको घर, सवारी र ब्यवसाय कर्जामा चमत्कारिक योजना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क