Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ बेतलबी विदा दिने प्याब्सन र एन प्याब्सनको निर्णयप्रति शिक्षक–कर्मचारीको आपत्ति
नेपाली नारीका समस्या र समाधानका उपाय विषयक वक्तृत्वकला

नेपाली नारीका समस्या र समाधानका...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
प्रजातन्त्र र परिवर्तनका नाममा लुटतन्त्र मच्चियो : राप्रपा अध्यक्ष थापा

प्रजातन्त्र र परिवर्तनका नाममा लुटतन्त्र...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एभरेष्ट डोर इण्डष्ट्रिजमा आगलागी ९ करोड बढीको क्षेती

एभरेष्ट डोर इण्डष्ट्रिजमा आगलागी ९...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बेतलबी विदा दिने प्याब्सन र एन प्याब्सनको निर्णयप्रति शिक्षक–कर्मचारीको आपत्ति

संसारपोस्ट संवाददाता · २ श्रावण २०७७ · 0
बेतलबी विदा दिने प्याब्सन र एन प्याब्सनको निर्णयप्रति शिक्षक–कर्मचारीको आपत्ति
100
SHARES
ShareTweet

बुटवल २ साउन,
शिक्षक–कर्मचारीलाई साउनदेखि बेतलबी बिदामा राख्ने प्याब्सन र एन प्याब्सनको संयुक्त निर्णयप्रति शिक्षक–कर्मचारीहरुले आपत्ति जनाएका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन प्रदेश ५ ले शुक्रबार विज्ञप्ति जारी गर्दै प्याब्सन र एन प्याब्सनको केन्द्रीय समितिले देशभरका निजी विद्यालयका शिक्षक–कर्मचारीलाई बेतलबी विदामा राख्ने निर्णयको भत्र्सना गरेको हो । यूनियनले श्रम ऐन अनुसार शिक्षक कर्मचारीलाई सेवा सुविधा उपलब्ध गराउन माग गर्दै अन्यथा चरणवद्ध आन्दोलनमा उत्रिने स्पष्ट पारेको छ । कम्पनी नाफामा जाँदा त्यसको लाभांश काम गर्ने श्रमिकले पाउनुपर्नेमा अहिलेसम्म कुनै निजी शैक्षिक संस्थाले शिक्षक तथा कर्मचारीलाई लाभांश नदिएका तर लकडाउनको बहानामा बेतलबी बिदामा राख्ने निर्णय गर्नु श्रम ऐन विपरित भएकाको निर्णय कदापि स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ ।
शिक्षक तथा कर्मचारीलाई आफ्नो पारिश्रमिक अविलम्ब उपलब्ध गराउन युनियनले माग गरेको छ । ‘लकडाउनका कारण निजी शैक्षिक संंस्थाका शिक्षक–कर्मचारी अत्यन्त पीडित र दयनीय अवस्थामा रहेको यथार्थप्रति आँखा चिम्लेर खाईपाई आएको तलब भत्तासमेत रोक्ने प्याब्सन केन्द्रको निर्णय र सरकारको उदासीनताप्रति निजी शैक्षिक संस्थामा कार्यरत लाखौँ शिक्षक कर्मचारीहरू घोर भत्र्सना गर्दछौँ’–युनियनका प्रदेश ५ इन्चार्ज हरिप्रसाद पौडेल र अध्यक्ष लेखनाथ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘कोरोना महामारीको बेलामा शिक्षक कर्मचारीलाई विद्यालयबाट राहत, विमा जस्ता सुविधा दिनुपर्नेमा खाइपाइ आएको तलबसमेत रोकेर श्रमिक र उनीहरुमा आश्रित परिवारको गास खोस्ने जस्तो अमानवीय कार्य गरिनु कदापि सह्य हुँदैन ।’
यस्तै प्याब्सन रुपन्देहीले लकडाउन अवधिको शिक्षक कर्मचारीको तलब २५ प्रतिशत नघट्ने गरी दिने निर्णयप्रति पनि यूनियनले आपत्ति जनाएको छ । ‘शिक्षक कर्मचारीको हकहित विरुद्धका आपत्तिजनक र अस्पष्ट निर्णयहरूमा युनियनको गम्भीर ध्यानाकर्षण भएको छ,कामदारको अधिकार हनन् हुने प्रकृतिका यस्ता निर्णय गर्दा समेत सरकार मुकदर्शक भएर बस्ने हो भने हामी निजी तथा संस्थागत विद्यालयका लाखौँ शिक्षक कर्मचारी उक्त अन्यायका विरुद्ध सशक्त र चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने छौँ ।’
सुरक्षा उपाय अवलम्बन गरी विद्यालयहरुमा पठनपाठन सुचारु गर्ने वातावरण बनाउन र शिक्षक कर्मचारीको अधिकार सुनिश्चित गर्दै मासिक सेवा, सुविधा तत्काल प्रदान गर्ने व्यवस्था मिलाउन सरकार, प्याब्सन, एन् प्याब्सन तथा सरोकारवाला निकायलाई युनियनले अपील गरेको छ । प्रदेश ५ मा मात्रै करिब एक हजार निजी विद्यालयमा ६० हजार शिक्षक कर्मचारी कार्यरत रहेको प्याब्सन प्रदेश ५ का सचिव लालहरि पाण्डे बताउंछन् ।

≪ Previous Post

एनआइसी एसिया बैंकको घर, सवारी र ब्यवसाय कर्जामा चमत्कारिक योजना

Next Post ≫

प्रदेश ५ को सरकारद्धारा किसानलाई पौने १२ करोड अनुदान दिदा ५८ हजार लाभान्वित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

news@sansarpost.com | sales@sansarpost.com

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क