Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारको निर्णयविरुद्व पूर्व सैनिक आन्दोलित
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारको निर्णयविरुद्व पूर्व सैनिक आन्दोलित

संसारपोस्ट संवाददाता · २ श्रावण २०७७ · 0
सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारको निर्णयविरुद्व पूर्व सैनिक आन्दोलित
100
SHARES
ShareTweet

श्यामलाल पोखरेल
बुटवल, २ साउन । सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारको निर्णय फिर्ता लिन पूर्व सैनिकहरुले माग गरेका छन् । सामाजिक सुरक्षा भत्ता नदिने सरकारको निर्णय गलत भएको भन्दै पूर्व सैंनिकहरुले शुक्रबार बुटवलमा बिरोध प्रदर्शन गरेका छन् ।
विदेशी सरकारबाट पेन्सन बुझ्दै आएका पूर्व सैनिकहरुलाई सामाजिक सुरक्षा भत्ताबाट बन्चित गरेर सरकारले अपमान गरेको भन्दै उनीहरुले बुटवलमा बिरोध प्रदर्शन गरेका हुन् । बुटवलको राजमार्ग चौराहाबाट ¥याली निकालेका पूर्वं सैनिकहरुले ट्राफिकचोकमा सभा गरेका थिए ।
राष्ट्रिय पूर्वसैनिक संगठन प्रदेश पाँचले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय फिर्ता लिएर पूर्व सैनिकहरुका योगदानको कदर गर्न सरकारसंग माग गरेका छन् । राष्ट्रको हितमा पूर्व सैनिकहरुको भूमिकालाई सरकारले बुझ्न नसकेको उनीहरुको गुनासो छ ।
राष्ट्रिय पूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष भिमबहादुर रानाले सामाजिक सुरक्षा भत्ता कटौती गरी पूर्व सैनिकहरुलाई सरकारले अनागरिकको रुपमा परिभाषित गरेको बताउंदै तत्काल निर्णय नसच्चाए आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।
कार्र्यक्रममा पूर्व सैनिक संगठन प्रदेश पाँचका अध्यक्ष बलबहादुर थापा, अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संगठनका जिल्ला अध्यक्ष लिलबहादुर केसी, राष्ट्रिय महिला मोर्चाकी महासचिव धनी आले, जनमुक्ति युवा महासंघका वरिष्ठ उपाध्यक्ष सुन्दर गुरुङ, भारतीय पूर्व सैनिकका सहअध्यक्ष चन्द्र महत लगायतले बोल्दै सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्ने धारणा राख्नु भयो ।
गत असार १७ गते मन्त्रिपरिषद्को बैठकले विदेशी सरकारबाट नियमित पेन्सन बुझ्दै आएका पूर्व सैनिक नेपाली नागरिकलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय अर्को दिन गत असार १८ गते गृहमन्त्रालयले आफु मातहतका निकायलाई नियमित पेन्सन बुझ्दै आएकाहरुलाई सामाजिक भत्ता नदिन निर्देशन गरेको थियो । नियमित पेन्सन बुझ्दै आएकाहरुको हकमा सामाजिक सुरक्षा भत्ता कटौती गर्ने मन्त्रिपरिषद्को निर्णयपछि पूर्व सैनिकहरुले उक्त निर्णयको बिरोध गर्दै आएका छन् । सरकारले गलत निर्णय गरेको भन्दै पूर्व सैनिकहरुले आज साउन २ गते बुटवलमा बिरोध प्रदर्शन गरी आन्दोलन शुरु भएको भन्दै सरकारलाई चुनौती दिएका छन् । राष्ट्रको हितमा रहेका पूर्व सैनिकहरुलाई अपमान गरिए देशभरका साढे ३ लाख बढी पूर्व सैनिकहरु एकजुट भएर शसक्त आन्दोलन गर्ने समेत उनीहरुको भनाई छ । नेपालमा भारतीय मात्र १ लाख २१ हजार पेन्सनर रहेका छन् । उनीहरुबाट वार्षिक ५८ अर्व ८ करोड नेपाल भित्रिने गरेको छ । त्यस्तै अहिले ४५ हजार नेपाली युवाहरु भारतमा सैनिकको रुपमा कार्यरत छन् । उनीहरुबाट बार्षिक रुपमा २८ अर्व नेपाल आउने गरेको पूर्व सैनिकहरुको संगठनको तथ्याँकले देखाएको छ ।

 

 

≪ Previous Post

आजको राशिफल । आज मिति २०७७ श्रावण २ गते शुक्रवार तदनुसार 17 July 2020

Next Post ≫

बेतलबी विदामा राख्ने प्याब्सन र एन प्याब्सनको निर्णय प्रति शिक्षक–कर्मचारीको आपत्ति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क