Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्याब्सन र एन प्याब्सन रुपन्देहीको संयुक्त निर्णय अनलाइन कक्षाहरु बन्द, शिक्षक वेतलवी विदामा
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्याब्सन र एन प्याब्सन रुपन्देहीको संयुक्त निर्णय अनलाइन कक्षाहरु बन्द, शिक्षक वेतलवी विदामा

संसारपोस्ट संवाददाता · १ श्रावण २०७७ · 0
प्याब्सन र एन प्याब्सन रुपन्देहीको संयुक्त निर्णय अनलाइन कक्षाहरु बन्द, शिक्षक वेतलवी विदामा
130
SHARES
ShareTweet

साउन १, बुटवल । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (एन–प्यावसन) रुपन्देहीले आफू मातहतका विद्यालयहरुले संचालन गरेका सवै अनलाइन कक्षाहरु बन्द गर्ने निर्णय गरेका छन् ।
विहिवार बुटवलमा बसेको संयुक्त बैठकले सम्पूर्ण अनलाइन कक्षा संचालन बन्द गर्ने र शिक्षक कर्मचारीलाई वितलबी विदा दिने निर्णय गरेका हुन ।
बैठकले मतहतका सवै विद्यालयहरुलाई जिल्लाको निर्णय परिपालना गर्न निर्देशन समेत गरेका छन् । विद्यालयहरुले निर्णय पालना गरे नगरेको अनुगमन गर्न दुवै संस्थाले अनुगमन समिति समेत बनाएका छन् । मातहतका विद्यालयले जिल्लाको निर्णय कार्यन्वयन नगरेमा व्यवसायिक बहिस्कारसँगै साधारण सदस्यबाट हटाउने निर्णय भएको प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्याल र एन प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलद्धारा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ ।
एन प्याव्सनका प्रमुख सल्लाहाकार देउ प्रकाश राईको संयोजक रहने गरी सल्लाहाकार तिलव केसी, सचिव बाबुराम बन्जाडे, सहसचिव विनोद थापा र सदस्य लक्ष्मण अर्याल रहेको एन प्याव्सन अनुगमन समिति बनाइएको छ भने प्याव्सन रुपन्देहीको जिल्ला सचिवालयले अनुगमन गर्ने गरी निर्णय भएको अध्यक्ष लेखनाथ पौडेलले जनाकारी दिनु भयो ।
अनुगमन समितिले जिल्लाका प्रत्येक पालिकाहरुमा संयुक्त पालिका स्तरीय अनुगमन समिति निमार्णमा जोड दिने र अन्य निजी शिक्षालयहरुसँग समन्वय गर्ने अख्तियारी समेत पाएका छन ।
त्यस्तै संयुक्त बैठकले जिल्लाका प्रत्यक पालिकाहरुमा ध्यानाकर्षण पत्र दिने पनि निर्णय गरेको छ । ‘कोभिड १९ का कारणले तहस नहस भएको विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथासिघ्र निर्माण गरियोस, ध्यानाकर्षण पत्रमा भनिएको छ,–‘वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि १८०÷१९२ दिन पठन–पाठन गर्नुपर्ने हुँदा सोही अनुसार शैक्षिक सत्र २०७७ का लागि केही सार्वजनिक विदाहरु, जाडो विदा लगायत अन्य विदा कटौती गरि नयाँ शैक्षिक क्यालेन्डर निर्माण गरियोस् ।’

≪ Previous Post

तिलोत्तमा सहकारीद्धारा ६० करोडको बजेट सार्वजनिक

Next Post ≫

टेबलटेनिस एकेडेमी उद्घाटन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क