बुटवल, १ साउन
रुपन्देहीमा ब्यवसायिक टेबलटेनिस एकेडेमी संचालनमा आएको छ। बुटवलबाट उत्पादन भएका खेलाडी प्रज्वल श्रेष्ठले बुटवल टेबलटेनिस एकेडेमी शुरु गरेका हुन । नेपाल आर्मीका खेलाडी तथा प्रशिक्षक समेत रहेका उनले टेबलटेनिस खेललाई ब्यावसायिक बनाउन यसमा लागेको बताउनु भयो । अखिल नेपाल टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष महेन्द्र लिगलले एकेडेमीको उद्घाटन गर्दै ब्यवसायिक टेबलटेनिस सेन्टरहरुबाट खेल विकास हुने बताउनु भयो । जिल्ला टेबलटेनिस प्रशिक्षक राजेन्द्र श्रेष्ठले खेलमा रुपन्देही अगाडि रहेको बताउनु भयो । अझ पछिल्लोसमय टेबलटेनिस खेलको माहोल राम्रो रहेको उहाको दाबी छ ।
युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी शुरु गरेका हुन। दुई सिफ्टमा गरि ४० जना खेलाडीहरुलाई खेल सिकाउने उनले बताए । एक सिफ्टमा २० जनाको दरले सिकाउने योजना छ । उनले भने । गरिब तथा जेहेन्दार खेलाडीलाई निशुल्क तालिमको समेत ब्यवस्था गरेको उनले बताए । करीब ७ लाख बराबर खर्च भएको उहाँले बताउनु भयो । कार्यक्रममा दिप बोर्डिङ स्कुलका केश बहादुर गुरुङ, रुपन्देही जिल्ला टेबलटेनिस संघका उपाध्यक्ष रमेश न्यौपाने, महेश खनाल, प्रशिक्षक कपिल थापाले खेलाडीलाई ब्यवसायिक बनाउन जरुरी रहेको बताउनु भयो ।