Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तिलोत्तमा सहकारीद्धारा ६० करोडको बजेट सार्वजनिक
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा सहकारीद्धारा ६० करोडको बजेट सार्वजनिक

संसारपोस्ट संवाददाता · १ श्रावण २०७७ · 0
तिलोत्तमा सहकारीद्धारा ६० करोडको बजेट सार्वजनिक
60
SHARES
ShareTweet

बुटवल, १ साउन
तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड शंकरनग (टिएमसि) को बार्षीक बजेट तर्जुमा बैठक सम्पन्न भएको छ । बैठकले आर्थिक बर्ष २०७७÷०७८ कालागि रु ६० करोडको अनुमानीत बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ । सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षतामा बसेको बिस्तारीत बैठकले चालु बर्षकालागि ५ करोड ३४ लाख ६६ हजारको अनुमानित आय व्ययको लक्ष्य पनि तयार गरेको छ ।
अघि संचालित कामहरुलाइ निरन्तरता दिदै संस्थाको दिगो बिकास र शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक क्षमता अभिबृद्धिकालागि महत्वपुर्ण कार्यक्रमहरु गर्ने निर्णय बैठकले गरेको छ ।
सबल र स्तरीय सहकारीको रुपमा टिएमसिलाइ स्थापित गराउन स्तरीकरण कार्यक्रम अन्तर्गत सिएआरइ ब्राण्डकालागि राष्ट्रिय सहकारी बैंक संग सम्झौता गरेको र सोही अनुरुप संस्थालाइ अगाडी बढाउने अध्यक्ष देवकोटाले बताउनु भयो ।
यो बर्ष शेयर सदस्य संख्या बढाएर ५ हजार पुरयाउने निर्णय बैठकले गरेको सचिव पार्वती थापाले बताउनु भयो । हाल सहकारीमा ३ हजार शेयर सदस्य छन । ५ करोड १५ लाख शेयर पुँजी रहेको शहकारीको ३८ करोड निक्षेप संकलन छ । सहकारीको तरलता २५ प्रतिशत रहेको कोषाध्यक्ष प्रदिप पाराजुलीले जानकारी दिनुभयो ।
सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत गत आर्थिक बर्षमा बृक्षा रोपण, शंकरनगर स्थित विपि बाटिकामा पार्क निर्माण,स्वास्थ्य शिवीर, रक्तदान लगायतका कार्यक्रम गरेको छ ।
कोरोना नियन्त्रणमा सहयोग पुरयाउने उद्येस्यले सहकारीले तिलोत्तमा नगरपालिकाकालाइ ५१ हजार र प्रदेश सरकारको कोभिड कोषमा ५ हजार आर्थिक सहयोग गरेको छ ।
महिला सशक्तिकरण अन्तर्गत सिष्टर्स सोसाइटि क्लब गठन गरी सीपमुलक तालिमसगै सहकारी शिक्षा सम्बन्धि तालिमहरु संचालन गर्दै आएको र ती कार्यक्रमलाइ निरन्तरता दिइने देवकोटाले बताउनु भयो ।
महिला सदस्यहरुकालागि रु २ हजार सुत्केरी पोषण खर्चको व्यवस्था गरेको गरीएको छ ।
बृद्धबृद्धाहरुकालागि ६० बर्ष माथिका शेयर सदस्यको निक्षेपमा साविकको व्याजदरमा १ प्रतिशत थप र ८० बर्ष माथिका शेयर सदस्यहरुकालागि १.५ प्रतिशत थप व्याजदर दिने व्यवस्था गरीएको छ ।
सबै शेयर सदस्यहरुको २ लाख बराबरको दुर्घटना बिमा गर्नुका साथै इच्छुक ५ सय सदस्यको रु एक लाख बराबरको कोरोना बिमा समेत गरीएको छ । १० हजार बराबरको सहकारी पत्रकारीता पुरस्कार पनि स्थापना गरीएको छ ।

≪ Previous Post

प्रदेश ५ मा गाडी र लाईसेन्स नवीकरणको असोजसम्म जरिवाना नलाग्ने

Next Post ≫

प्याब्सन र एन प्याब्सन रुपन्देहीको संयुक्त निर्णय अनलाइन कक्षाहरु बन्द, शिक्षक वेतलवी विदामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क