Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ मुख्य समाचार ≫ प्रदेश ५ मा दुई निजि प्रयोगशालालाई पिसिआर परीक्षणको अनुमति
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश ५ मा दुई निजि प्रयोगशालालाई पिसिआर परीक्षणको अनुमति

संसारपोस्ट संवाददाता · २९ असार २०७७ · 0
90
SHARES
ShareTweet

बुटवल, २९ असार । प्रदेश ५ का दुईवटा निजि प्रयोगशालाले कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति पाएका छन् । काठमाण्डौ उपत्यका बाहिर बुटवलको नेश्नल प्याथल्याब बुटवल र बाँकेको कोहलपुर स्थित वागेश्वरी प्रयोगशालाले पिसिआर परीक्षणको अनुमति पाएका छन् ।
सरकारले काठमाण्डौ उपत्यका भित्र चारवटा र उपत्यका बाहिर दुईवटा गरी ६ वटा निजि प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको हो । स्वास्थ्य तथा जनसँख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुरागरेका छ वटा निजि प्रयोगशालालाई पिसिआर परीक्षण गर्ने अनुमति दिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी गराउनु भयो ।
उपत्यका भित्र काठमाडाँैका स्टार अस्पताल, काठमाडौँ मेडिकल कलेज, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी र सूर्या हेल्थ केयर सेन्टर रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पिसिआर परीक्षणको दायरा बढाउनका लागि गत जेठ २२ गते इच्छुक निजि प्रयोगशालालाई प्रस्ताव आह्वान गरेको थियो । उक्त प्रस्तावमा १९ वटा प्रयोगशालाले पिसिआरको परीक्षण गर्न प्रस्ताव दर्ता गराएका थिए ।
‘प्रस्ताव दर्ता गराएका प्रयोगशालाको मापदण्ड हेरेर पहिलो चरणमा छ वटा निजि प्रयोगशालालाई परीक्षण गर्न दिएका छौँ’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी गुप्ताले भन्नुभयो– ‘अन्य प्रयोगशालालाई अनुगमन गरेर मापदण्ड पुरागरेपछि मात्र परीक्षणका लागि अनुमति दिइने छ ।’
प्रस्ताव दर्ता गराएका १९ वटा प्रयोगशाला मध्ये नौ वटा प्रयोगशालाले पिसिआर परीक्षण गर्ने मेसिन खरिद गरी जडान गरेका थिए । सरकारले पिसिआर परीक्षणका लागि अनुमति दिएका छ वटा निजि प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वाव संकलन गरी उपलब्ध गराएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपलब्ध गराएको एउटा स्वाव परीक्षण गरेबापत निजि प्रयोगशालाले रु पाँच हजार ५ सय शुल्क पाउनेछन् । यसअघि सरकारले सातै प्रदेशका सरकारी एक÷एक प्रयोगशालामा पाँच हजार ५ सय रुपैयाँ शुल्कमा पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।
ती प्रयोगशालामा प्रदेश नं १ मा कोशी अस्पताल, प्रदेश नं २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा धनगढीको प्रादेशिक प्रयोगशाला रहेका छन् ।

≪ Previous Post

प्रदेश ५ मा दुई निजि प्रयोगशालालाई पिसिआर परीक्षणको अनुमति

Next Post ≫

प्रदेश ५ मा दुई निजि प्रयोगशालालाई पिसिआर परीक्षणको अनुमति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क